भ्रष्ट्राचारका अनेकाैं मुद्दाको ढाकछोप गरेको एसका अध्यक्ष नेपालकाे आरोप

52

बनेपा । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पुराना भ्रष्ट्राचारको छानविन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेकपा एकिकृत समाजवादी पार्टी काभ्रेको पार्टी कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले अघिल्लो सरकारले भ्रष्ट्राचारका अनेकाैं मुद्दाको ढाकछोप गरेको आरोप लगाउँदै पुराना भ्रष्ट्राचारको छानविन गर्न आग्रह गर्नुभएको हो ।

उहाँले अघिल्लो सरकारले यति होल्डिङ्स, झापाको चिया बगानको जग्गामा भएको अर्बांै रुपियाँको भ्रष्ट्राचार, हवाईजहाज खरिद प्रकरण, कोरोनाको औषधि खरिद प्रकरण, ओम्नी इन्टरनेशनलको भ्रष्ट्रचारको मुद्दा ढाकछोप गर्ने व्यापक कोसिस गरेको आरोप लगाउनुभयो । ‘कसैलाई पनि भ्रष्ट्राचार गर्न छुट छैन, वर्तमान सरकार र प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन चाहन्छु की वर्तमान सरकारले पुराना भ्रष्ट्राचारहरुको एक÷एक छानविन गरोस्’ अध्यक्ष नेपालले थप्नुभयो । उहाँले एमालेले संसदमा नाराजुलुश गरी तमासा देखाउनुको साथै सभामुख र निर्वाचन आयोगप्रति विष वमन गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले एमाले अध्यक्ष ओलीले विगतमा गरेका सबै कमीकमजोरी स्वीकार गरेको खण्डमा सोच्न सकिने बताउँदै विगतमा गरेका गल्ती सँच्याउने कुरामा ओली सहमत नहुने दावी गर्नुभयो ।

उहाँले गोदावरीमा सम्पन्न एमालेको बिधान महाधिवेशनमा बिधानको ‘ब’ मा समेत छलफल नभएको बताउनुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीमा पुरानो पार्टीका गल्तीहरुको पुनरावृति नगर्ने बताउँदै पार्टीमा व्यक्तिवादभन्दा पनि सामुहिकताको भावनालाई प्रोत्साहन दिइने बताउनुभयो । उहाँले एकिकृत समाजवादी पार्टीभित्र कमिटी प्रणाली र छलफललाई विश्वास गरिने बताउनुभयो । कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले बागमती र प्रदेश नम्बर एकमा आफ्नो पार्टीको नेतृत्वमा मुख्यमन्त्रीसहितको सरकार बन्ने बताउँदै लुम्बिनी र गण्डकी प्रदेश सरकारमा समेत पार्टीको सहभागिता रहने बताउनुभयो ।
उहाँले आगामी स्थानीय तहका साथै अन्य निर्वाचनमा समेत पाँच दलीय गठबन्धनसँग सहकार्य गरेर निर्वाचनमा जाने बताउँदै गठबन्धनमा रहेका दलसँग सुमधुर सम्बन्ध रहेकाे छ । गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here