पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि

88

काठमाडाैं ।  नेपालमा फेरि कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले १४ हजार ९७१ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएको बताएको छ ।  आज नै मन्त्रालयले २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको जनाएको थियो । नेपालमा योसँगै ओमिक्रोन संक्रमितको संख्या २७ पुगेको छ ।  देशभर सक्रिय संक्रमित ५ हजार ७४१ रहँदा २६२ जना कोरोना मुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ ।  कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ६०३ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here