चाडपर्वको अवसरमा कुमारी बैंकको ‘डिजिटल दक्षिणा’ अभियान

71

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैँको उपलक्ष्यमा ‘डिजिटल दक्षिणा’ अभियान ल्याएको छ ।

कोरोना महामारीले निम्त्याएको आफन्तजन बीचको बाध्यात्मक दुरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बीचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।
यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रंग तथा अन्य कारणले नोटहरु बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने बिचार यसै बैंकका डिजिटल बैंकिङ्ग प्रमुख अनिष ताम्राकारले व्यक्त गरे ।
यस अभियान अन्तर्गत बडा दसैँमा पाँच दिन, तिहारमा तीन दिन तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपमा भएको डिजिटल दक्षिणामार्फत गरिएको अन्तर बैंक रकमान्तरमा लाग्ने सेवा शुल्क, क्यास ब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैंकले प्रदान गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here