एभरेष्ट बैंकद्वारा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

206

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेको छ । बैंकका ५० भन्दा बढी कर्मचारीहरू तथा ग्राहकहरूले रक्तदान सम्पन्न भएकाे छ । साे कार्यक्रममा १०० भन्दा कर्मचारीहरू तथा ग्राहकहरूले निःशुुल्क स्वास्थ्य जाँच गराएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुर महानगरपालिकासँग शंखमूलस्थित घाटमा विद्युतीय शवदाह उपकरण उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरेको छ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकमा २५ वर्ष सेवा गरेका कर्मचारीलाई बैंकले सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here