नेकपा(मसाल)भित्रको अन्तरसंघर्ष र क्रान्तिको लागि विद्रोहको भण्डा

57

– हुकुमबहादुर सिंह
विगतदेखि नै नेपाली कम्युनिस्ट आन्दोलनमा एउटा जवर्जस्त रोग छ त्यो हो पार्टीभित्र फरक मत राख्नेलाई विल्ला भिराइदिइ हाल्ने । दक्षिणपन्थी, वाम सङ्कीर्णवादी, सि आइ डि,रअका एजेन्ट, “सुरुमै प्रतिगामी दिशा समाई सकेको” आदि इत्यादी आरोप लगाउर्ने गरिन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा यो आम रोगजस्तै भएता पनि त्यसका गुरु भने नेकपा(मसाल)का वर्तमान महामन्त्री एमबी सिह नै हुनु हुन्छ । २०४० मा दक्षिणपन्थी भनेर अझ सि आइडि समेत भनेर निर्मल लामालाई पार्टीबाट समेत निस्कासन गर्न उहाँको नकारात्मक भूमिका थियो । पार्टी फुटन हुँदैन भन्ने सधैभरी पार्टी कार्यकर्ता, समर्थक र शुभचिन्त्कहरुको ठूलोपङ्तिको आग्रह हुन्छ । तर त्यसलाई वहाँले सुनेको नसुनेझै गरिदिने बानी छ । वर्तमान अन्तरसंघर्ष वारे पनि सत्य हो ।
क. एमबीले वारम्वार सशस्त्र संघर्ष गर्नको लागि आत्मगत परिस्थिति तयार छैन भन्दै आउनु भएको छ र अहिले पनि त्यो उहाँका लागि सत्य हो । त्यसका लागि आफूले कुनै तयारी गर्ने होइन, बरु जसले प्रयास गरे त्यसको उदाहरण दिंदै “हेरत त मइले भनेको होइन सशस्त्र संघर्ष गर्नको लागि आत्मगत परिस्थिति तयार छैन भनेर” भन्दै आउनु भएको छ ।
पार्टीभित्र ज–जसले यसलाई अलिकति सशस्त्र संघर्षको तैयारीको प्रश्न उठाउन थाल्दछन् तिनीहरुलाई विभिन्न बाहनामा हतोत्साहित गर्ने, अनुशासनको बारवाही गर्ने आदि गदै आउनु भएको छ । अन्य दलहरुले जो जोले यसको तयारीको कुरा गरे तिनलाई आतंकवादीकारवाहीहरु देख्ने गर्दै आएको सत्य हो ।
सधैभरी शान्तिपूर्ण आन्दोलनको गोलचक्करमा रमाउने शस्त्र संघर्षको तैयारी कहिल्यै नगर्ने उहाँको कार्यदिशा रहेको छ । २०५२सालको नीर्वाचनपछि एमालेको बैशाखीमा संसदीय व्यवस्थाको आहालबाट कहिल्यै बाहिर आउने शाहास उहाँले गरेन ।
सिद्धान्ततः माक्र्सवाद–लेनिनवाद–माओविचारधारा भन्ने तर सशस्त्र संघर्षबारे उहाँको नकारात्मक धारणा धेरै पहिलेदेखि नै रहँदै आएको छ । माले, नक्सलवादी, माओवादीहरुको सशस्त्र संघर्षको उदाहरण दिएर नेपालमा सशस्त्र संघर्ष कहिल्यै सफल हुँदैन भन्ने उहाँको निष्कर्ष हो । क. एमबीको अधिभूतवादीदृष्टिकोण यसका पछाडिको मूल कारण हो ।
उहाँले आफना हिजोका गल्तीसच्चाएर अगाडि बढ्ने प्रयास कहिल्यै गरेन र परिस्थितिलाई क्रान्तिको अनुकूलतामा फेर्ने प्रयास पनि कहिल्यै गरेन ।
क. एमबीद्वारा प्रस्तुत र आठौं महाधिवेशनद्वारा पारित राजनीतिक दस्तावेजमा उहाँ लेख्नु भएको छः “कुनै खास परिस्थितिमा कुनै देशको स्थिति अनुसार सशस्त्रसंघर्षको सट्टा शान्तिपूर्ण आन्दोलन वा संसदीय प्रणालीलाई पनि उपयोग गर्नुपर्ने आवश्यकताहुन्छ ।” (मस्यौदा दस्तावेजहरु पेज ३८) । तर यो काम उहाँले सही माक्र्सवादी लेनिनवादी विचारका आधारमा होइन, दक्षिणपन्थी संसदवादी कोणबाट गरिरहनु भएको छ ।
२०५२ सालदेखि त उहाँले सशस्त्र संघर्षकोसट्टा शान्तिपूर्ण आन्दोलन र संसदीय प्रणालीलाई उपयोग गर्ने कुरालाई पार्टीको नीति बनाउनुभएको छ । कतै उहाँको संसदीय प्रणालीलाई मानेर जाने रणनैतिक लक्ष्य बनाएको त होइन । गम्भीर प्रश्न छ ।
नेकपा(मसाल)को आठौ महाधिवेशनमा सशस्त्रसंघर्षबारे फरक मत कर्ता कमरेडहरुको मत थियो –“तत्कालिन संघर्षको स्वरुप जनसंघर्ष भए पनि संगठनको निर्माणदीर्घकालीन रणनीतिलाई ध्यान दिएर गर्नुपर्दछ र त्यस अनुसार नै संगठनको स्वरुप बनाउनु पर्दछ । हाम्रो पार्टीले दीर्घकालीन सशस्त्र संघर्षद्वारा राज्यसत्ता कब्जा गर्ने नीतिलाई अवलम्वन गर्नेभएकोले तत्कालिन संगठनको स्वरुपले सशस्त्र संघर्षलाई सहयोग पुग्ने प्रकारले संगठनकोनिर्माण आवश्यक छ ।” (मस्यौदा दस्तावेजहरु पृष्ठ १५२) ।
अल्पमतको यो भनाईबाट उहाँ तर्सेको देखिन्छ र अनेकौ बाहनाहरु बनाएर उहाँहरुलाई पार्टीबाट अलग गर्ने योजना अनुसार यो सब भएको हो भन्ने आधार बलियो छ । उहाँले त्यसका लागि कैयो नेता तथा कार्यकर्ताहरुलाई निष्काशित गर्नु भयो र तीनीहरुवारे भविष्यवाणी गर्दै भन्नु हुन्छर्– “उनीहरुको गन्तव्य या त विसर्जन हुनेछ या त्यसको दक्षिणपन्थी अवसरवादमापतन हुनेछ ।” “केही दिनमा नै उनीहरुको अस्तित्व समाप्त हुने कुरा निश्चित ।” “प्रतिगमनकोखतरालाई गौण बताएर उनीहरुले प्रकारान्तरले प्रतिगमनलाई नै मद्दत पु¥याउने काम गरिरहेकाछन् ।” जस्ता अभिव्यक्तिहरु प्रकट गरिरहेको पाइन्छ ।
अलिकति पनि फरक मत राख्नेलाई उहाँले कसरी पाखा लगाउने सामन्ती तथा रकमी तरिका अपनाउनु हुन्छ, त्यो कमै कमरेडहरुलाई थाहा हुन्छ । लेखक उहाँको त्यो तरिकावारे जानकार मात्रै होइन पिडित पनि हो । यसवारे चित्रबहादुर के.सी. र मिना पुनलगायत केसका कैयौ साथी कमरेडहरुलाइृ समेत लामो समयसम्म गुमराहामा राख्नु भयो । ललितपुर पार्टी इन्चार्जको नाताले कमरेड निलगोविन्दलगायत साथीका बीचमा मेरा १७बटा मतभेदका बँुदालाई केसमा राखिदिन अनुरोध गदैृ बुझाएकोमा खल्तीमा राखेर त्यही कुहाइदिनु भएको यथार्थता हो । उहाँ आफूले कार्वाहीगरेर निष्कासन गरिएका साथीहरुप्रति पनि कति धेरै आक्रोश, रिस र जलन प्रकट गर्नु भएको छभन्ने कुरा उहाँले दिने ससाना गुट बनाएर गरिने स्कुलिंगबाट थाहा लाग्छ । मेरो अनुभवमा सामन्ती र रकमी कार्यशैलीबाट उहाँ ग्रस्त हुनुहुन्छ ।
कार्यकर्ताहरुलाई दक्षिणपन्थी होइन सधैभरी उहाँको शव्दमा उग्र“वामपन्थी” विचारमा नलाग्न सचेत गराउनमा जोड दिने गर्नु हुन्छ । त्यसैले होला जीवनभरी कम्युनिस्टआन्दोलनमा लागेको उहाँ जस्तो व्यक्तित्वले क्रान्तिवारे कुनै राजनैतिक ठोस कार्यक्रम अगाडि सार्न नसकेपछि हिजो लामो समय ओलीलाई देशभक्त प्रकाणित गर्न विताउनु भयो भने अहिले देउवाको गठबन्धन सरकारको सञ्चालनमा माथिल्लो समितिमा हुनुहुन्छ । नेपाली काँग्रेसको नेतृत्वमा नेकपा(मसाल)÷राजमोलाई सरकार संचालन टोलीमा पठाउने काम भद्दा संसदवादको अनुकरण नभएर के हो । “प्रतिगमन उन्मूख” “प्रतिगमनकोसेवा” कसले गरेको छ ?
क. एमबीको पुरानो रोग–फरक मतका साथीहरुप्रति मित्रतापूर्ण होइन, वर्गदुश्मनको व्यवहार गर्ने र आफना समर्थकहरुलाई त्यही स्कूलिंग दिने । गद्दार पुसपलालदेखि सिआइडि निर्मललामा भन्दै आएका उनले अहिले पार्टीभित्रका फरक मतवाला कमरेडहरुलाई “रअका एजेन्ट”, “दुश्मनका एजेन्ट”, “सिआइडी”, “भारतपरस्त”, “राजापरस्त” भनेर अराजनीतिकतथा खराब व्यक्तिहरुको रुपमा रेखांकन गरेका छन् । व्यक्तिगत मान, प्रतिष्ठा वा स्वार्थ क. एमबीको दिल दिमागमा बलियो गरी जरा गाडेको छ ।
नेकपा ( मसाल ) भित्र बिगत लामो समय देखि चलेको क्रान्तिकारि र दक्षिणपन्थी राजनैतिक लाइन बिचको अन्तरसंघर्ष चरम उत्कर्षमा पुगेकोछ । पार्टीको मुल नेतृत्वले दक्षिणपन्थी कार्यदिशा समातेको स्पष्टै छ । उक्त दक्षिणपन्थी कार्यदिशाका विरुद्ध विद्रोहको झण्डा उठाउनेहरुको प्रभाव पार्टी भित्र तल्लोस्तरसम्म बलियोगरी जरा गाडदै छ ।
मसालका प्रभाबशाली र लोकप्रिय केन्द्रिय नेता एवं विभिन्न प्रदेश तथा स्थानिय समिती र मोर्चाहरुले बिगत केही समय देखि समानान्तर समिती निर्माण गर्दै आइरहेका छन । उक्त अन्तरसंघर्षको प्रभाब बिद्यार्थी मोर्चा लगायत अन्य मोर्चाहरुमा प्रकट रुपमा बाहिर आएको छ । ती मोचाहर्रुमा समानान्तर दुई फरक केन्द्रिय समिती देखा परेका छन । मसाल भित्रको अन्तरसंघर्ष चरमउत्कर्षमाः बिद्यार्थी मोर्चाको २२औं राष्ट्रिय सम्मेलनबाट दुई अलग अलग केन्द्रीय समिति निर्वाचित भएका छन् ।
नेकपा ( मसाल )का महामन्त्री क. एमबी सिंहले उहाँको दक्षिणपन्थी कार्यदिशाका विरुद्ध विद्रोहको झण्डा उठाउनेहरुलाई “वामपन्थी संकीर्णवाद र फुटपरस्त प्रवृत्ति” भन्दै उनीहरुको चर्को आलोचना गर्ने क्रम अहिले पनि जारी छ । क. एमबी सिंहका विचारहरु जे जसरी आउने गर्दछन्, त्यसले पार्टीलाई सधैभरी फुट र विभाजनका लागि प्रोत्साहित गरिरहेको छ ।
के स्पष्ट हो भने श्रमजीवी वर्गको पक्षमा नभएको विचारले त्यसभित्रका क्रान्तिकारीहरुबाट समर्थन पाउँदैन र त्यस्ता क्रान्तिकारीहरुलाई विभिन्न बहनामा निष्काशन गर्ने, हतोतशाहीत गर्ने भइरहन्छ ।
विगतमा जस्तै अहिले नेकपा (मसाल)का महामन्त्री क. एमबी सिंहको दक्षिणपन्थी कार्यदिशाका विरुद्ध त्यसभित्रका क्रान्तिकारीहरुले केही समयदेखि जुन विद्रोहको झण्डा उठाउनु भएको छ, त्यसको क्रान्तिकारीहरुले स्वागत गर्नै पर्दछ र त्यो काम उहाँहरुले नेकपा (मसाल )को विभाजन नभई एकतालाई अरु सुदृढ बनाएर लगेर मात्रै गर्ने जुन नीति लिनु भएको छ, त्यो नेपाली जनवादी क्रान्तिका लागि सहयोगी हुने छ । र नेपाली क्रान्ति टुटफुट र विभाजनबाट नभई क्रान्तिकारीहरुबीचको सिद्धान्तनिष्ट एकताबाट मात्र सफल हुने छ ।
कष्लनजजगपगmटडघ२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here