सुनचाँदीकाे भाउ बढ्याे

152

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदी दुबैको भाउ बढेको छ। बुधबारको तुलनामा आज सुन तोलामा ३ सय रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भएको हो।

आज छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघको भनाइ छ। त्यसैगरी, बुधबार १२ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। दशैँ सकिए लगत्तै सुनको मूल्य लगातार बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here