काठमाडाैं । आईसीसी टि २० विश्वकपका क्वालिफाईङ्ग चरणमा पपुआ न्यु गिनी (पीएनजी) माथि विशाल जित निकाल्दै बंगलादेश सुपर १२ चरणमा प्रवेश गरेको छ ।
ओमानस्थित अल अमिरात क्रिकेट स्टेडियममा बिहिबार सम्पन्न समूह बी को क्वालिफाईङ्ग खेलमा बंगलादेशले पीएनजीलाई ८४ रनले हराउँदै सुपर १२ चरणमा स्थान पक्का गरेको हो ।
अर्काेतर्फ लगातार तीन खेलमा हारको सामना गरेको पीएनजी विश्वकपबाट बाहिरिएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशले निर्धारित २० ओभरको खेलमा ७ विकेटको क्षतिमा १८१ रनको मजबुत योगफल तयार गरेको थियो ।
उसका लागि कप्तान महमुदुल्लाहले ५० तथा शकिब अल हसनले ४६ रनको महत्वपूर्ण ईनिङ्ग खेलेको थिए ।
बलिङ्गतर्फ पीएनजीका लागि असल भाला,कबुआ मोरिया र डेमियन राभुले समान २–२ विकेट लिएका थिए ।
१८२ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ्गमा ओर्लिएको पीएनजीको सम्पूर्ण टोलि १९ दशमलब ३ ओभरमा जम्मा ९७ रनमा अलआउट भएको थियो ।
पीएनजीको शुरुवात निक्कै खराब हुँदा पहिलो सात विकेट जम्मा २९ रनको योगफलमा गुमाएको थियो ।
उसको ९ जना ब्याट्सम्यानले दोहोरो अंक बोर्डमा जोड्न नसक्दा विकेटकिपर ब्याट्सम्यान किप्लिन डोरिगाले ३४ बलमा अविजित ४६ रन जोडेका थिए ।
बंगलादेशका निम्ति बलिङ्गमा शकिबले चारIf,तस्किन एहमद र मोहमद सैफुद्दिनले समान २–२ विकेट लिएका थिए ।


















