इङ्ल्याण्डविरुद्ध इन्डिज ५५ रनमा अलआउट

114

दुबई । टी–२० वल्र्डकप २०२१ को सुपर–१२ राउण्डमा शनिवार राति खेलिएको प्रतियोगितामा वेस्ट इन्डिजले लज्जास्पद पराजय व्यहोरेको छ । इङ्ल्याण्डविरुद्ध खेल्दै वेस्ट इन्डिजको पुरै टीम केवल ५५ रनमा अलआउट भयो । प्रतिउत्तरमा इङ्ल्याण्डले उक्त खेल ६ विकेटले जितेर आफ्नो मिशनको थालनी उत्कृष्ट शैलीमा गरेको छ । इङ्याण्डले नवौं ओभरमा खेल जितेर वेस्ट इन्डिजलाई हराएको हो ।

त्यसो त यो निकै कम स्कोर पछ्याउन इङ्याण्डलाई पनि सहज भने भएन । इङ्ल्याण्डले यो लक्ष्यलाई पछ्याउँदै ५६ रन बनाउने क्रममा चार विकेट गुमाउनु परेको थियो । इङ्ल्याण्डको तर्फबाट जस बटलरले सर्वाधिक २४ रन बनाए र अन्त्यमा कप्तान इयान मोर्गनसंग मिलेर टीमलाई जित दिलाए । यो खेलमा इङ्ल्याण्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो, जुन सही सावित भयो । वेस्ट इन्डिजलाई दोस्रो ओभरदेखि नै झट्का लाग्न थाल्यो, जसको सिलसिलामा अन्त्यसम्मै जारी रह्यो ।

वेस्ट इन्डिजका क्रिस गेलले मात्र १३ रन बनाउँदै दोहोरो अंकको स्कोर बनाउन सके । इङ्ल्याण्डको तर्फबाट आदिल रशीदले उत्कृष्ट बलिङ गर्दै केवल दुई रन दिएर चार विकेट लिए । मोइन अलीले पिन दुई विकेट लिए । वेस्ट इन्डिजको टीम १५ औं ओभरमै ५५ रनमा अलआउट भयो । रोचक कुरा के छ भने वेस्ट इन्डिजको टीम सन् २०१६ को टी–२० वल्र्डकप विजेता हो । यो पृष्ठभूमिमा शनिवारको उसको प्रदर्शन निकै नै आश्चर्यजनक रहेको छ । वेस्ट इन्डिजको टीममा थुप्रै दिग्गज खेलाडीहरुको पुनरामन भएको छ, तर पहिलो खेल नै यसरी खेलिनेछ भन्ने कसैले सोचेको थिएन ।दुबई– टी–२० वल्र्डकप २०२१ को सुपर–१२ राउण्डमा शनिवार राति खेलिएको प्रतियोगितामा वेस्ट इन्डिजले लज्जास्पद पराजय व्यहोरेको छ ।

इङ्ल्याण्डविरुद्ध खेल्दै वेस्ट इन्डिजको पुरै टीम केवल ५५ रनमा अलआउट भयो । प्रतिउत्तरमा इङ्ल्याण्डले उक्त खेल ६ विकेटले जितेर आफ्नो मिशनको थालनी उत्कृष्ट शैलीमा गरेको छ । इङ्याण्डले नवौं ओभरमा खेल जितेर वेस्ट इन्डिजलाई हराएको हो । त्यसो त यो निकै कम स्कोर पछ्याउन इङ्याण्डलाई पनि सहज भने भएन । इङ्ल्याण्डले यो लक्ष्यलाई पछ्याउँदै ५६ रन बनाउने क्रममा चार विकेट गुमाउनु परेको थियो । इङ्ल्याण्डको तर्फबाट जस बटलरले सर्वाधिक २४ रन बनाए र अन्त्यमा कप्तान इयान मोर्गनसंग मिलेर टीमलाई जित दिलाए ।

यो खेलमा इङ्ल्याण्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको थियो, जुन सही सावित भयो । वेस्ट इन्डिजलाई दोस्रो ओभरदेखि नै झट्का लाग्न थाल्यो, जसको सिलसिलामा अन्त्यसम्मै जारी रह्यो । वेस्ट इन्डिजका क्रिस गेलले मात्र १३ रन बनाउँदै दोहोरो अंकको स्कोर बनाउन सके ।

इङ्ल्याण्डको तर्फबाट आदिल रशीदले उत्कृष्ट बलिङ गर्दै केवल दुई रन दिएर चार विकेट लिए । मोइन अलीले पिन दुई विकेट लिए । वेस्ट इन्डिजको टीम १५ औं ओभरमै ५५ रनमा अलआउट भयो । रोचक कुरा के छ भने वेस्ट इन्डिजको टीम सन् २०१६ को टी–२० वल्र्डकप विजेता हो । यो पृष्ठभूमिमा शनिवारको उसको प्रदर्शन निकै नै आश्चर्यजनक रहेको छ । वेस्ट इन्डिजको टीममा थुप्रै दिग्गज खेलाडीहरुको पुनरामन भएको छ, तर पहिलो खेल नै यसरी खेलिनेछ भन्ने कसैले सोचेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here