काराेबारकाे सुरूमै नेप्से परिसूचक साढे ६ अंक बढ्यो

142

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन सोमबार ८७.६३ अंक बढेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से आजको प्रि ओपन  सेसनमा ६.६१ अंक बढेर २६७८.८६ विन्दुमा पुगेको छ।

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्ससमेत ०.९४ अंक बढेको छ। मंगलबार प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर कारोबार भएको छ। कारोबारमा आएकामध्ये २१ कम्पनीको सेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ।  सो सेसनमा ४३ लाख १ हजार ५४७ रुपैयाँ ९० पैसा बराबरको ७ हजार ५७१ कित्ता सेयर खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here