प्रधानन्यायाधीश चोलेन्द्र र अदालतका न्यायाधीशहरु भेट सुरु

50

काठमाडौं ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरु भेट सुरु भएको छ। सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेटेका हुन्। उनीहरूबीचको छलफल जारी छ।

सोमबार ‘इजलास बहिस्कार गरेर’ छलफल गरेका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश राणालाई भेटेका हुन्। प्रधानन्यायाधीश राणालाई भेटेरै ‘राजीनामा माग्ने’ समझदारी न्यायाधीशहरुको हिजोको छलफलमा जुटेको थियो।

मन्त्रिपरिषद् विस्तारका क्रममा भागबण्डा खोजेको विषयले प्रधान्यायाधीश राणा थप अप्ठेरोमा पर्दै गएका छन्। सर्वोच्च अदालतका १९ जना न्यायाधीशमध्ये १४ जना न्यायाधीश राणाले राजीनामा दिनुपर्ने पक्षमा छन्।

सोमबार १३ जना न्यायाधीशहरु अलग्गै छलफलमा जुटेपछि प्रधानन्यायाधीश राणाले बोलाएको नेपाल बार एसोसिएशनसहितको सर्वोच्च अदालतको पूर्ण बैठक (फुल कोर्ट) बस्न सकेको थिएन।

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ भने सर्वोच्च अदालत बार एसोसिएशनको बैठकले पनि राणाले पदबाट ‘तत्काल राजीनामा’ दिनुपर्ने निर्णय गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here