एसकाे चुनावी चिह्न कलम

214

काठमाडौं । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले चुनाव चिह्न उपलब्ध गराएको छ।

आयोगका अनुसार एकीकृत समाजवादीले माग गरे अनुसार कलम चुनाव चिह्न उपलब्ध गराइएको हो।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) नेकपा एकीकृत समाजवादीमा गाभिएसँगै निर्वाचन चिह्न कलम माग गरिएको र सो चिह्न एकीकृत समाजवादी पार्टीलाई उपलब्ध गराइएको निर्वाचन आयोगले जनाएको छ।

एकीकृत समाजवादीले प्रस्ताव गरेको झण्डा पनि प्रदान गरिएको आयोगले जनाएको छ। जसमा रातो भुइँमा वायाँ भागको माथिल्लो कुनामा सेतो रङ्गको हँसिया र हथौडा खप्टिएको चिह्न अंकित हुने आयोगले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here