आज सेयरबजारमा सामान्य अंकले बढ्यो

69

काठमाडौं । तिहार बिदाअघिको अन्तिम दिन आज सेयरबजारमा सामान्य वृद्धि भएको छ। आज (बुधबार) पुँजीबजार मापक परिसूचक ‘नेप्से’ ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा उक्लिएको छ।

सोमबार १७.७५ अंकले घटेको नेप्सेमा मङ्‍गलबार २३.७६ अंकको सुधार आएको  थियो।

नेप्सेमा आज छ अर्ब ५५ करोड ३० लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२९ वटा कम्पनीका ९९ लाख ९५ हजार ५२२ कित्ता सेयर ६१ हजार ७४५ पटक किनबेच भएका थिए।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३४ अंकले घटेर ५३१.०९ विन्दुमा ओर्लिएको छ। महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो। आईसीएफसी फाइनान्स लिमिटेड र साहस ऊर्जा कम्पनीको मूल्य पनि सर्किट लेभलनजिक पुगेको थियो। छ्याङ्दी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै ५.५९ प्रतिशतका दरले गुमाएका छन्।

आज नबिल बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै एक अर्ब १७ करोड ९७ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही बैंकको सेयर सबैभन्दा धेरै सात लाख पाँच हजार ४३० कित्ता सात हजार ४८३ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

आज होटल तथा पर्यटन, जीवन बिमा, निर्जीवन बिमा र इन्भेस्टमेण्टबाहेक सबै उपसमूहको परिसूचक सकारात्मक बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here