आज लक्ष्मी पूजा

248

काठमाडौं । आज तिहारको विशेष दिन लक्ष्मी पूजा र दीपावली गरि मनाइदैछ । भागवत र विष्णुधर्मोत्तर पुराण अनुसार कार्तिक औंशीका दिन समुद्र मंथनबाट लक्ष्मी प्रकट भएकी थिइन् । त्यस्तै वाल्मीकि रामायणमा पनि यही दिन भगवान विष्णु र लक्ष्मीको शुभ विवाह सम्पन्न भएको उल्लेख छ ।

त्यसैले कार्तिक औंशीमा लक्ष्मीको पूजा विशेष रुपले गर्ने प्रचलन छ । स्कन्द र पद्म पुराण अनुसार यस दिन दीप दान गर्दा सबै पापबाट मोक्ष प्राप्त हुन्छ ।

ज्योतिषीहरुका अनुसार यस पटक लक्ष्मीपूजाका दिन तुला राशीमा चार ग्रह बस्ने योग छ । त्यसैले यस दिन गरिएको पूजाको फल छिट्टै प्राप्ति हुन्छ । विहीवार सबै शुभ लग्न मुहुर्त रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here