पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा

74

काठमाडौं । फरवार्ड क्रिस्टियानो रोनाल्डोसहित अग्रपंतिमा निस्किएको  पोर्चुगल विश्वकप युरोपेली छनोटमा गोलरहित बराबरीमा रोकिएको छ।

आयरल्यान्डको घरेलु मैदानमा सम्पन्न खेलमा पाहुना टिमसँग आयरल्यान्ड गोलरहित बराबरीमा रोकिएको हो।

खेलको ८१औं मिनेटमा डिफेन्डर पेपेले रातो कार्ड खाएपछि पोर्चुगल १० खेलाडीमा समेटिएको थियो। यो बराबरीसँगै शीर्षस्थानमा पुगेको पोर्चुगलको १७ अंक छ।

समान १७ अंक भएको सर्बिया दोस्रो स्थानमा छ। खेल अवधिभर विपक्षीको पोस्टतर्फ १२ प्रहार गरे पनि पोर्चुगलले गोल गर्न सकेन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here