राष्ट्रिय जनगणना २०७८ हाम्रो सहभागिता हाम्रो सरोकार सचेतनामूलक अभियान

110

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षकाे अन्तराल लिने जनगणनाकाे ‘राष्ट्रिय जनगणना २०७८ हाम्रो सहभागिता  हाम्रो सरोकार अभियान’ अन्तर्गतमा विभिन्न दश नेवाः संस्थाहरू र कीर्तिपुर नगरपालिकाको सहकार्यमा सचेतनामूलक  प्रचासप्रसार अभियान शनिवार सम्पन्न गरेका छन् ।

कार्तिक २३ गते देखि शुरू भएकाे प्रचारप्रसार अभियानमा कीर्तिपुरडाँडा, नगाऊँ, पाँगा, भाजंगल, यतुगः, चोभार, जलविनायक टौडह, क्वासः टौदह, टकर्चा, क्वार, लनग्वाे , गाम्चामा जन गणनाको प्रचार प्रसार गरेका थिए ।

साे प्रचार प्रसार अभियानमा नेवाः देय् दबू, किपू नगर समिति, हलिं नेवाः गुथि, किपू कचा, ज्यापु महागुथि, किपू नगर समिति, हलिं नेवाः गुथि, गःछेँ कचा, नेवाः विद्यार्थी युनियन, हलिं नेवाः गुथि, अमल्सि कचा, श्रीपञ्चमी मानन्धर गुथि, किपू, हलिं नेवाः गुथि, वनस्पती अनुसन्धान कचा, दर्शनधारी समाज किपू, आदिवासी नेवाः अभियान, किपू लगायतका संस्थाहरुका प्रतिनिधिहरूकाे सहभागी रहेकाे थियाे ।

राष्ट्रिय जनगणना बिक्रम संबत १९६८ देखि संचालन हुँदै आएको बाह्राे संस्करण कार्तिक २५ गतेदेखि सुरू भएकाे  भएकाे  देशभर मंसिर ९ गते जनगणना हुने राष्ट्रिय कार्यक्रममा भाग लिन सबैलाई अनुरोध समेत दश संस्थाले थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here