जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीले धर्ना

50

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजीनामा माग्दै आज पनि कानुन व्यवसायीले धर्ना दिएका छन्।

नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरू धर्नामा बसेका हुन्। सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा कानुन व्यवसायी उपस्थित छन्। सर्वोच्चको गेटमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ। यसैबीच प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएको छ। प्रहरीले अघिल्ला दिनमा प्रदर्शन गरेको ठाउँमा कानुन व्यवसायीलाई जान रोक लगाएपछि धकेलाधकेलको स्थिति उत्पन्न भएको हो।

यसअघि सोमबार प्रधानन्यायाधीशले वार्तामा आउन आन्दोलनकारीलाई आह्वान गरेका थिए। तर बारले भने वार्ता नभई प्रधानन्यायाधीशलाई राजीनामा दिन सुझाव दिएको थियो। स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ। तस्बिरहरू:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here