एकैदिन ३ सय ६३ कोरोना संक्रमित थपिदा १ जनाको मृत्यु

61

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा ३६३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

१० हजार १०६ पीसीआर परीक्षणमा ३६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ३५ पुगेको छ । एन्टिजेन विधिद्वारा १ हजार ८८७ परीक्षण हुँदा ४९ जनामा पोजिटिभ देखिएको छ । पीसीआर र एन्टिजेन गरी ११ हजार ९९३ परीक्षण हुँदा ४१२ मा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो २४ घण्टामा २०२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६३६ रहेको छ । २४ घण्टामा १ लाख १ हजार ७६१ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here