काठमाडौं । क्यानडाको भान्कुभरमा भीषण आँधी आएको छ । अधिकारीहरुले सडक र रेलमार्ग विच्छेद गरेको उक्तआँधीलाई ‘शताब्दीमा एक पटक हुने मौसमी घटना भनेका छन् ।’
आँधी पछिको बाढीबाट क्षतिपुगेपछिपश्चिमी तटमा रहेको भान्कुभारसम्मजाने २ वटा सडकमार्ग बन्दगरिइको बीबीसीले जनाएको छ । सोमबार आएको आ“धीका कारण हजारौ मानिस आÏनो घर छाड्न बाध्य भएको समाचारमा उल्लेख छ । सोमबार भान्कुभरबाट १२० माइलमा अवस्थित मेरिटका ७ हजार बासिन्दालाई घर छोडेर अन्यन्त्रजान भनिएको थियो ।
वर्षा र हावाहुरी मंगलबार अपरान्हसम्म रोकिएको भएपनि कयौ“ मानिसहरु अझै अलपत्र परिरहेका छन् । सडक मार्गमा आएको पहिरोमा परी एक महिलाको मृत्यु भएको र कम्तिमा दुईजना हराइरहेको उद्दारकर्ताले बताएका छन् । क्यानडाको प्रहरीले भान्कुरबाट २५० किलोमिटर टाढा रहेको लिलोइटमा एक महिलाको शव भेटिएको बताएको छ ।
आँधीपछि भान्कुभरलाई बाँकी मूलुकसंग जोड्ने ट्रान्स क्यानडा हाइवे जलमग्न भएको थियो । त्यस्तै कोकिहाला हाइवेको एक खण्डमा बाढीले क्षति पु¥याएको छ ।
लिलोइटको दक्षिणी भागमा रोकिरहेका सवारी साधन माथि पहिरो खसेको चालक क्याथी रेन्नीले बीबीसी समाचार माध्यमसंग बताइन् । हामीहरु आÏनो साधनमा चढ्ने बित्तिकै हाम्रो अगाडिका चालकहरु चिच्याउँदै भागिरहेका थिए उनले भनिन् । पहिरोमा परेर के–कति सवारी साधन पुरिए भनेर उद्दारकर्ताले अझँ एकिन गर्न सकेका छैनन् । यसैबिच प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकारसंग बोल्दै अवस्थालाई निगरानी गरिरहेको र कुनै पनि तरिका, माध्यम वा स्वरुपबाट सहयोग गर्ने उनले जनाएका छन् ।


















