कांग्रेस नेता डा. शेखर कोइराला समर्थित मधुबाबु तिवारी विजयी

147

विराटनगर । नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय निर्वाचनअन्तर्गत मोरङका आठवटा क्षेत्रमा मतगणना सुरु भएको छ । कतिपय क्षेत्रको परिणाम पनि आएको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ ‘ख’मा कांग्रेस नेता डा. शेखर कोइराला समर्थित मधुबाबु तिवारी विजयी भएका छन् । उनले विकास पराजुलीलाई पराजित गरे ।

मोरङका १२ प्रदेश निर्वाचन क्षेत्रमध्ये चारवटामा सभापतिसहित सबै पदाधिकारी र प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन् । मोरङको क्षेत्र नम्बर-५ का दुवै क्षेत्र, क्षेत्र नम्बर-१ को ‘ख’ र क्षेत्र नम्बर-२ को ‘क’मा पदाधिकारीसहित प्रदेश प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका हुन् । मोरङको क्षेत्र नम्बर-५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘क’को सभापतिमा जितु साह, प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ‘ख’मा अचानु खाँ निर्वाचित भएका हुन् । उनीहरू कांग्रेस नेता अमृत अर्याल समर्थित (शेरबहादुर देउवा) पक्षका हुन् ।

क्षेत्र नम्बर-१ को ‘ख’मा राजकुमार लामा, निर्वाचन क्षेत्र नम्बर-२ को ‘क’मा कनैयालाल राजवंशी सभापतिमा सर्वम्मत निर्वाचित भएका छन् ।

कांग्रेसको प्रदेशसभा निर्वाचन क्षेत्रमा हरेक निर्वाचन क्षेत्रबाट सातजना पदाधिकारी र १६ जना प्रदेशसभा प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ । निर्वाचित प्रतिनिधिहरूले प्रदेशका पदाधिकारीलाई मतदान गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here