प्रचण्ड र विप्लवबीच भेटवार्ता

82

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा महासचिव नेत्रविक्रम चन्द (विप्लव)बीच भेटवार्ता भएको छ ।

शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

माओवादी केन्द्र र विप्लव नेतृत्त्वको नेकपाबीच केही समय यता पार्टी एकताका विषयमा छलफल हुँदै आएको छ ।

यसकै निरन्तरता स्वरुप आज पनि भेटवार्ता भएको स्रोतको भनाइ छ । आजको भेटमा दुई पार्टीबीच सहकार्यका विषयमा छलफल भएको छ ।

पार्टी एकताका लागि केही समय लागे पनि सहकार्य भने गर्न सकिने विषयमा छलफल केन्द्रित भएको स्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here