सिमकोट । हुम्लाका पत्रकार नन्द ऐडीको निधन भएको छ। कलेजो र मृगौलासम्बन्धी रोगले ग्रस्त ऐडीकोउपचारको क्रममा शनिबार काठमाडौँको सुमेरु अस्पतालमा निधन भएको हो।
उनको दुई हप्तादेखि काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै थियो। उनी हेपाटाइटिस बीका समेत पीडित थिए । तीस वर्षका ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक थिए। उनकी श्रीमती, दुई छोरी र एक छोरा छन्।
आर्थिक अवस्था कमजोर भएको कारण उनको उपचारमा आर्थिक समस्या भइरहेको थियो। पत्रकार महासंघ हुम्ला शाखाको अगुवाइमा आर्थिक सहयोगसमेत सङ्कलन गरिएको थियो।
पत्रकार महासंघ हुम्ला शाखाले उनको उपचारका लागि एक लाख २२ हजार रुपैयाँ संकलन गरेको थियो। हुम्लाको सर्केगार्ड गाउँपालिका ८ फुचाका स्थायी बासिन्दा ऐडी पत्रकार महासंघ हुम्ला शाखाका सदस्यसमेत रहेका थिए।


















