माछापुच्छ्रे बैंकसँगको सहकार्यसँगै डेबिट कार्ड सुरु

72

काठमाडौं ।  माछापुच्छ्रे बैंक र श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा सहकारीका ग्राहकहरुका लागि डेबिट कार्डको सुरुवात गरिएको छ।

उक्त सहकार्यको नेपाल विद्युत प्राधिकरणका उप–कार्यकारी निर्देशक डिल्लीरमण दाहाल, श्रमज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर साउद र माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जुकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

श्रमज्योति सहकारी नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुले स्थापना गरेको संस्था हो। माछापुच्छ्रे बैंकसँगको सहकार्यसँगै अब सहकारी संस्थाका ग्राहकहरुले डेबिट कार्ड प्रयोग गर्न पाउनेछन्।

समय सापेक्ष अत्याधुनिक प्रविधिको प्रयोग बैंकिङ्ग क्षेत्रमा मात्र सीमित नभई सहकारीहरुमा पनि हुन थालेको छ। सोहीअनुसार श्रमज्योतिमा व्यवस्था भएको डेविट कार्डले डिजिटल क्षेत्रलाई प्रोत्साहित गरी बैंकिङ कारोबार अझ सहज र सुदृढ हुने विश्वास गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here