सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ

76

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार सात सय रुपैयाँ तोकिएको छ ।   अधिल्लो दिन प्रतितोला ९४ हजार चार सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला सात सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार नौ सय रुपैयाँ तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार दई सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार आठ सय ४६ डलर आसपास कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here