तीन करोड नेपालीलाई हैरान पार्ने मूल्य बृद्धि !

112

—रिदेन महर्जन

अन्यदेशहरुमा जनतालाई राहत दिने काममा सरकारका कार्यक्रमहरु सार्वजनिक भएका सुनिन्छन् । तर हाम्रो देशमा भने जनतालाई हैरान पार्ने काम मात्रै हुन्छ । धेरै टाढा गइरहनु पर्दैन, छिमेकी देश पाकिस्तानमा सरकारले तल्लो बर्गका जनतालाई उपभोग्य सामग्रीहरु खासगरी खाद्यान्नमा विशेष मूल्य कायम गरेको छ । तर हाम्रो देशमा महंगी बृद्धि अरबपतिलाई र  पूmटपाथेलाई समान किसिमको रहेको छ । अहिले पूर्वमेची देखि महाकालीसम्मका नेपाली जनताले  महंगीको मार खेपेका छन् । महंगीले जनतालाई सडकमा उत्रिन बाध्य बनाएको छ । सरकारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गर्दा सबै क्षेत्रमा मूल्य प्रभावित हुने गरेको छ । पेट्रोलियम पर्दाथमा  गरिएको मूल्य बृद्धि नेपाल सरकारले अशुल गर्ने करमा निर्धारित भएको खुलासा भइसकेको छ । ६५ प्रतिशत भन्दाबढि कर पेट्रोलियम पर्दाथमा अशुल भइरहेकाले नेपालमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको स्पष्ट हुन्छ । यसमा सरकारले ध्यान पु¥याउन नसकेको पनि पुष्टि हुन्छ ।

सरकारको गलत निति र अकर्मण्यताका कारण नेपाली जनताले दुखः बाहेक खासै केही उपलब्धी हासिल गर्न सकेका छैनन् । जुनसुकै सरकार आएता पनि नेपाली जनताले दुखः सिवाय केही पाउन सकेनन् ।  नेपाली जनताले सुख, शान्ति, अमनचयनको कुरै छोडै दैनिक उपभोगमा प्रयोग गरिने पेट्रोलियम पदार्थ, ग्याँस, मट्टितेल जस्ता खाना पकाउन प्रयोग गरिने आधारभूत आवश्यकता समेत जुटाउन सकिरहेका छैनन् । यसैमा सरकारले कर ठटाएर थप मर्माहत बनाएको छ । कुनै बेला थियो नेपाली जनतालाई हैरान पार्ने मध्ये एक थियो लोडसेडिङ, विश्वका कुनै पनि राष्ट्रमा नहुने १८ घण्टे लोडसेडिङ्ग पनि नेपाली जनताले  भोगेका छन् । अहिले सरकारले कृत्रिम रुपमा पेट्रोलियम पदार्थको मूल्यबृद्धि गराएर नेपाल आयल निगमलाई नाफामा पु¥याउने गरिरहेको छ । यो कुरा के बाट पनि पुष्टि हुन्छ भने नेपाल आयल निगमका कर्मचारीहरुले बोनश पाउने जनताले महंगीको मार पाउने गरिरहेको अवस्था छ ।

मूल्यवृद्धिको हैरानीका कारण दैनिक ज्याला मजदूरी गर्ने गरिब जनताको घरमा चूलो नबल्ने अवस्था सृजना भइरहेको छ । तैपनि स्थानीय सरकार, प्रदेश सरकार तथा सत्तारुढ दलका नेताहरु कानमा तेल हालेर बसेका छन् । दैनिक रुपमा अचाक्ली इन्धनको भाउ बढ्दाको प्रत्यक्ष प्रभाव सर्वसाधारणलाई नै पर्ने निश्चत  छ । यस बारेमा गत शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले अहिले जनता अत्यन्तै ठूलो मारमा परेको गुनासो पोख्दै पटक—पटकको मूल्यवृद्धिका कारण जनताको चुल्हो निभ्ने खतरा देखिएको उनले गुनासो पोखेका छन् ।

प्रायजसो अन्तराष्ट्रिय बजारमा, भारतीय बजारमा इन्धनको मूल्य बढ्दा नेपाली बजार पनि इन्धनको मूल्य बढेको देखिन्छ । यसले कहिलेसम्म स्थान बनाउने हो  ? केही निश्चित छैन्  ।  यसरी अचाक्ली इन्धन बढ्नुको निराकरण  के ? स्पष्ट छ सिमा नियमन गर्ने सिमाबाट हुने चोरी निकासी रोक्ने नै हो । तर सरकारले यस तर्पm चासो देखाएको छैन । जहिले पनि ज्याला मजदूरी गर्ने, गरिब निमूखा जनता मात्रै महंगीको मार खेप्न बाध्य भइरहेका छन् । यस विषयमा गम्भीर रुपमा प्रश्न उठ्न थालिसकेको पनि छ । विप्लव नेतृत्वको नेकपाले हिजो मात्रै महंगीको विरुद्ध नेपाल बन्दको कार्यक्रम ग¥यो । महंगीको विरुद्धमा नेपाल बन्दको कार्यक्रम गर्नु पर्ने अवस्था आपैmमा सरकारको लागि लज्जानक हो ।

विश्वको प्राकृतिक सम्पदाले धनी मुलुक मात्र नभई जलस्रोतमा विश्वको दोस्रो धनी देश भएता पनि देशको गर्भभित्र लुकेर बसेको  पेट्रोल, डिजेलको खोजीमा सरकार अघि बढ्न सकेको छैन । स्वदेशमै विद्युतीय उत्पादन गरेर इन्धनमा भइरहेको बृद्धिको निराकरणका उपायहरु अवम्बलन गर्न सकिन्छ । तर यसतर्पm पनि सरकारको ध्यानाकर्षण छैन ।

अकासिँदो महँगीबाट दैनिक ज्याला मजदुरी गर्नेका लागि मात्र नभई मासिक तलबीमा काम गर्नेहरु समेत मारमा परेको छन् । दैनिक उपभोग्य तेल, चिनी, दाल, चामल, गेडागुडी, हरियो तरकारीको मूल्य  समेत अकासिएको छ । तर कृषिजन्य उत्पादनमा भइरहेको मूल्यबृद्धिको लाभ कृषकहरुले पाइरहेको देखिदैन । बिचौलियाहरुले मूल्यबृद्धि गर्नु पर्ने कारण ढुवानीलाई आधार बनाउने गरेका छन् । ढुवानीकै कारणबाट मूल्यबृद्धि भएको उनीहरुको तर्क रहने गरेको छ । कृषिजन्य सामानहरु उत्पादन गर्ने किसानहरुले उत्पादित सामानहरु विक्री गर्दा पूरानै मूल्यमा अर्थात पेट्रोलियम पदार्थ मूल्यबृद्धिबाट प्रभावित नभएको मूल्यमा बिक्री गरिरहेका छन् । तर कृषकहरुले खरिद गर्ने सामानमा मूल्यबृद्धिको प्रभाव परेको महसुस जनताले गर्नुपर्ने बाध्यता छ । यो अवस्थाको अन्त्य कहिले ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here