नेप्से परिसूचक आज ७.९० अंकले बढयाे

44

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयबजारमा सामान्य सुधार आएको छ। आइतबार ११.६० अंकले घटेको नेप्से परिसूचक आज ७.९० अंकले बढेको हो। यससँगै नेप्से २७६५.४४ विन्दुमा उक्लिएको छ।

नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)का अनुसार आज परिसूचक बढे पनि कारोबार रकममा गिरावट आएको छ। आइतबार चार अर्ब ३५ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा आज कारोबार घटेर तीन अर्ब ९२ करोड ९२ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ। कूल २२५ वटा कम्पनीका ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ५१ हजार ५२६ पटक खरिद-बिक्री भएका थिए।  यस दिन ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा उक्लिएको छ।

आज मनकामना मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो। कर्पोरेट डेभलपमेण्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.७० प्रतिशतका दरले गुमाएका छन्।   महालक्ष्मी विकास बैंकको सेयर सबैभन्दा धेरै ३४ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

ग्लोबल आईएमई समुन्नत स्किम-१ सबैभन्दा धेरै आठ लाख ९५ हजार ३१४ एकाइ र साहस ऊर्जाको सबैभन्दा धेरै तीन हजार ४५७ पटक किनबेच भएका थिए।    आज विकास बैंक, फाइनान्स, जीवन बिमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ। बाँकी उपसमूहमा भने परिसूचक सकारात्मक बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here