काभ्रेको कांग्रेस सभापतिमा ६४६ मतसहित तीर्थ लामा विजयी

366

काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन्।

आज सम्पन्न मतगणनामा उनले एक हजार ६४६ मतसहित विजय हुन सफल भएकाे छ ।  लामाका प्रतिस्पर्धी अच्युत पौडेलले ७७० मत प्राप्त गरेका थिए।

सभापतिका लागि भएको मतदानमा कूल दुई हजार ४६८ मत खसेको थियो। लामा कांग्रेस सभापति शेरबहादुर देउवापक्षबाट उम्मेदवार बनेका हुन्।

काभ्रेमा देउवा र कृष्णप्रसाद सिटौला पक्षको बीचमा सहकार्य भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here