काठमाडाैं । सिभिल बैंकले एघारौं वार्षिकोत्सव विभिन्न सेवाहरुको सुरुवात गरेको घोषणा गरेर मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले विभिन्न सेवाहरुको थालनी गरेको जानकारी दिएको छ ।
बैंकको प्रधान कार्यालयमा मनाइएको वार्षिकोत्सवको बैंक संचालक समितिका अध्यक्ष प्रताप जङ्ग पाण्डे प्रमुख आतिथि, र प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले अध्यक्षता गरेका थिए ।
त्यसैगरी बैंकले बार्षिकोत्सवको अवसरमा ३८ ठाउँमा रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै बैंकमा १० वर्षदेखि अटुट सेवा प्रदान गरेका कर्मचारीहरुलाई अभिनन्दन गरेको थियो ।
सोहि अवसरमा देशभर छरिएका बैंकका ५६ स्थानका ५६ वटै शाखाहरुमा विपन्न तथा जेहन्दार छात्रालाई छात्रवृति कार्यक्रमको आयोजना गर्ने जानकारी दिइएको छ ।


















