काठमाडाैं । आज कीर्तिपुरका पांगा दबलीमा शिल्पी थिएटरको प्रस्तुतीमा ठूला माछा-साना माछा (तःरिम्ह न्याः चिरिम्ह न्याँ) प्रर्दशन हुने भएकाे छ ।
आज कीर्तिपुरकाे पांगादवलीमा ४ बजेर ३० मिनेटमा नाटक मञ्चन गरेर देखाइने नाटकमा अहिले नेपालमा आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनितिक दमन बिरुद्ध साे प्रस्तुत गर्न खाेजिएकाे छ ।
साे नाटककाे प्रदर्शनीमा नेपाल सांस्कृतिक पुर्नजारण अभियानका असाेज महर्जन र नेवा:अभियानका रबिन्द्र कुमार श्रेष्ठ, उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समितिका संयोजक सुमन सायमीकाे संयाेजन रहेकाे छ ।
मंसिर ११ गते शनिवार ललितपुरकाे चापागाउँ र थेचाेमा प्रदर्शनी गरिएकाे साे नाटक उपत्यकाकाे १० स्थानमा देखाएर नाटक बालाजु बाइपासमा देखाएर समापन हुनेछ।


















