काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ।
बैठकमा भर्खरै सम्पन्न विधान अधिवेशन र केन्द्रीय कमिटी बैठकका निर्णयको कार्यान्वयनबारे छलफल हुनेछ।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल र समीक्षा हुने पनि माओवादीले जनाएको छ।


















