काठमाडौं । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला सभापतिमा तीर्थ लामा विजयी भएका छन्।
आज सम्पन्न मतगणनामा उनले एक हजार ६४६ मतसहित विजय हुन सफल भएकाे छ । लामाका प्रतिस्पर्धी अच्युत पौडेलले ७७० मत प्राप्त गरेका थिए।
सभापतिका लागि भएको मतदानमा कूल दुई हजार ४६८ मत खसेको थियो। लामा कांग्रेस सभापति शेरबहादुर देउवापक्षबाट उम्मेदवार बनेका हुन्।
काभ्रेमा देउवा र कृष्णप्रसाद सिटौला पक्षको बीचमा सहकार्य भएको थियो।

















