काठमाडौँ, नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले विहिबार गृहमन्त्री रामबहादुर थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको थियो ।
आफ्नो कार्यकाल सकेर केही दिनमै स्वदेश फर्कन लागेका राजदुत हकलाई गृहमन्त्री थापाले नेपालमा उनको सफल कार्यकालका लागि धन्यवाद व्यक्त गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका थिए । राजदुत हकले आफनो कार्यकालमा नेपाल र उत्तर कोरीयाबीच सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण भूमिका खेलेको भन्दै गृहमन्त्री थापाले धन्यवाद व्यक्त गरे । भेटमा राजदूत हकले आफ्नो नेपाल बसाई सुखद रहेको बताउँदै नेपाल र उत्तर कोरियाको सम्बन्धलाई थप उचाईमा पु¥याउनुपर्नेमा जोड दिए । उनले गृहमन्त्री थापालाई उत्तर कोरीया भ्रमणको निम्तो समेत दिएका थिए ।


















