कामपा र र कीर्तिपुरले छाने नेपाल भाषा

128

काठमाडौं । काठमाडौं जिल्लाका अन्य नौ स्थानीय तहले नेपाली भाषालाई छनोट गरिरहँदा कामपा र कीर्तिपुर नगरपालिकाले नेपाल भाषालाई पठनपाठनको माध्यम बनाएका छन् । कामपामा उक्त विषय पठनपाठन सुरु भइसकेको छ भने पाठ्यक्रम तयार भए पनि कीर्तिपुरमा भने हालसम्म सुरु गरेको छैन । कोरोना महामारी केही कम भए पनि मात्र पठनपाठन सुरु गर्ने तयारी नगरपालिकाको छ ।

कला, धर्म संस्कार र संस्कृति नै काठमाडौं उपत्यकाको पहिचान रहेको भन्दै कामपा र कीर्तिपुर नगरपालिकाले स्थानीय पाठ्क्रम पठनपाठनका लागि नेपाल भाषा छनोट गरेका छन् ।

कामपा प्रमुख विद्यासुन्दर शाक्य काठमाडौं नेवारहरुको बाहुल्य रहेको ठाउँ भएको र यहाँ ७७ वटै जिल्लाका नागरिक बसोबास गर्ने भएकाले सबैलाई यहाँको हावापानी, संस्कृति, परम्पराबारे जानकारी दिने उद्देश्यले यस किसिमको पाठ्यक्रम तयार गरिएको जनाउछन् ।

कामपाको पाठ्यक्रम लेखनमा सुरुदेखि सहभागी हुँदै आएका वरिष्ठ संस्कृतिविद् डा चुन्दा बज्राचार्यले पाठ्यपुस्तकमा काठमाडौं महानगरभित्र रहेका विभिन्न जात्रा, पर्व, ढुङ्गेधारा, पाटी, सत्तल, समाजलाई योगदान पु¥याएका विशेष व्यक्ति आदिसम्बन्धी पाठ मात्र समावेश गरिएको बताउछन् । यी दुवै स्थानीय तहका पाठ्यक्रममा नेवारको जनजीवन, कला, खानपान, जात्रापर्व, भाषा, लिपि, परम्परागत खेलजस्ता विषय समेटिएका छन् । “बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले कक्षा १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठनपाठन गरिनेछ । कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठनपाठन हुनेछ,” कामपा शिक्षा विभागका प्रमुख सुवेदीले भने, “कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत ५० सैद्धान्तिक पठनपाठन हुने व्यवस्था गरिएको छ ।” रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here