नेपालका श्रम संगठनहरुबीच भावनात्मक श्रमवारे बहसको आवश्यक्ता

54

– प्रविण राज गौतम

आजका कार्यस्तलहरु उत्पादन मानसिकताबाट सेवामुखी मानसिकतामा परिवर्तन भएको छ । फलस्वरुप, हाम्रो जस्तो विकासशील देशको सेवामुखी अर्थतन्त्रका मागहरु पुरा गर्ने चुनौतीहरुको सामना गर्न सेवामुखी व्यवसायमा कार्यरत कर्मचारीहरुलाई भावनात्मक श्रम गर्नु पर्ने ठूलो आवश्यक्ता छ । विकशित देशहरुमा भावनात्मक श्रम वारे १९८३ देखी नै वहस भै यसको पहिचान गरी त्यसको व्यवस्थापन गर्ने संयन्त्र समेत विकसित भै सकेको अवस्थामा हाम्रो जस्तो पर्यटन र सेवामुखी अर्थतन्त्र भएको देशले अव पनि यस वारे वहस नगर्ने हो भने अर्थतन्त्रको विकास को वहस अधुरो भै यसले चाहे जस्तो गति लिन नसक्ने कुरा नकार्न सकिदैन ।

समाजशास्त्री डा. अर्ली होच्स्चिल्ड ले ४० वर्ष पहिले आफ्नो किताव द मैनडेड हर्ट मा “भावनात्मक श्रम” बारे पहिलो पटक प्रस्तुत गरेका थिए । उडान परिचारकहरु माथि गरीएको टिप्पणीहरु संग सम्बन्धित भै डा. होच्स्चिल्डले यात्रीहरु असभ्य रुपमा प्रस्तुत भए पनि परिचारकहरु मुस्कुराई राख्नुपर्ने आवश्यक्ता को उदाहरण पस्तुत गरी “भावनात्मक श्रम” लाई परिभाषित गरेका थिय । तिन फरक फरक तर सम्बन्धित शव्दहरुलाइ परिभाषित गर्दै “भावनात्मक श्रम” को विषयलाई मानव स्रोत तथा श्रम विकास संग जोडका थिए । ति तिन फरक फरक शव्दहरुमा प्रथम, “नियमको महसुस गर्नु” जसले काममा भावनात्मक मापदण्ड स्थापित गर्दछ र संस्थाले श्रमिकसंग त्यसको अपेक्षा गर्दछ । दोस्रो “भावना व्यवस्थापन”,जसले श्रमीकको भावनाहरु लाई प्रतिवन्धित गर्नको लागि आवश्यक कार्य निर्धारण गर्दछ र तेस्रो “भावनात्मक श्रम” जुन संस्थाले श्रमिकहरुलाई केहि भावनाहरु नियन्त्रण गरी कार्य गर्नको लागि वाध्य गर्दछ । यस परिभाषामा “भावनात्मक श्रम” भन्नाले त्यस्तो काम हो जर्हां श्रमिकले आफ्नो भावनाहरु लाई नियन्त्रण गर्नुपर्ने महसुस गर्दछ । यदि परिवेक्षकले ग्राहकको सेवा गर्ने कर्मचारीहरु ग्राहकहरुको अपमानजनक व्यवहारमा पनि मुस्कुराउदै काम गर्नु पर्छ भन्ने माग राख्दछ भने त्यो “भावनात्मक श्रम” हो ।

विभिन्न समयमा भएका अनुसंधानहरुले रोजगार संग सम्बन्धित तनावको कारणले श्रमीकहरुको शारीरिक र मानसिक स्वास्थमा नकारात्मक्र प्रभाव परी उनिहरुको पारीवारिक जिवन समेत प्रभावित भएको कुरा प्रस्तुत गरेका छन् । कामको अवस्थाको अन्तरव्यक्तिगत वा मनोसामाजिक विशेषताहरु श्रमीकहरु को लागि तनावको मुख्य स्रोतहरु हुन । विशेष गरेर औधोगिक अर्थतन्त्र भित्र सेवा क्षेत्रको रोजगारीको बृद्धि र तनाव प्रकयामा सामाजिक समर्थन को कारणले गर्दा “भावनात्मक श्रम” को अवस्था अक्ष भयावह हुदै आएको छ । त्यसमा पनि हाम्रो जस्तो सेवामुखी अर्थतन्त्र को परिस्थितिमा यसको वारेमा अनुसंन्धान नहुने हो भने अर्थतन्त्रको विकास केवल दिवास्वप्न मात्र हुन जाने कुरा पक्का हो । सेवा क्षेत्रमा कार्यरत श्रमीकहरुको अध्ययनले कार्य परिस्थितिका अन्तरव्यक्तिगत विशृषताहरु कार्यहरुसंग कसरी गांसिएको हुन्छ भन्ने कुरा वारे प्रकाश पार्दछ । यहां सेवा कार्य संग सम्बन्धित अन्तरव्यक्तिगत  कार्य जसको फलस्वरुप यदि श्रमीकले तनाव महसुर गरी सो कार्य गर्दछ भने त्यस परिस्थितिमा गरीएको कार्य भावनात्मक श्रम हो र यसको प्रतिफल श्रमीकको लागि शारिरीक र मानसिक दुवै रुपमा हानिकारक हुन्छ ।

श्रमिक दिवस मनाएरमात्र श्रम संगठनहरुले आफ्नो दायित्व पुरा भयो भन्ने भ्रमवाट संगठनहरु वाहिर आउनुपर्ने वेला भै सकेको छ साथै सेवा उद्योगहरुमा कार्यरत श्रमिकहरुको समस्यालाई पनि फरक ढंगले हेर्ने वेला भै सकोको छ । विश्वले विकासको ठुलो फडको मारिसकोको अवस्थामा अहिलेपनि राजनितिक विचारधारामा मात्र केन्द्रित भै उत्पादन क्षेत्र र सेवा क्षेत्रमा काम गर्ने दुवै पकारको श्रमिकहरुलाई एउटै तराजुमा राखि एकै व्यवहार गरीयो भने “भावनात्मक श्रम” जस्तो सेवा प्रदायक उद्योगहरुमा काम गर्ने श्रमिकहरुको अत्यन्त कठिनपुर्ण कार्य जसले उनिहरुको स्वास्थ, सामाजिक र पारिवारिक अवस्थालाई नकारत्मक प्रभाव पार्छ, त्यो सम्वोधन हुन सक्तैन । त्यसैले प्रत्येक वर्ष श्रमिक दिवस मनाउने वेला ट्रेड यूनियनहरुले आफ्ना सदस्यहरुलाई यसको वारेमा शिक्षा प्रदान गर्ने र श्रमिकको महत्व र उपादृयताका वारेमा शिक्षित र सूचित गर्न काम र्गनुपर्ने वेला भै सकोको छ । यहां उत्पादकत्व वृद्धिको दायित्व कसको हो भन्ने कुरा समेत प्रमुख हुन्छ। यदि श्रमिक शारिरीक र मानसिक दुर्वै तवरले श्रम गर्न सक्षम छैन भने त्यसले उत्पादन तथा उत्पादकत्व दुवै खस्कने कुरा पक्का हुन्छ । यस्तो अवस्थामा व्यवस्थापकीय पक्ष ले श्रमिक र श्रमिकले व्यवस्थापकीय पक्ष लाई दोषारोपण गरी कार्यक्षेत्रमा तनाव श्रृजना गर्नु भन्दा व्यवस्थापन पक्ष, श्रमिक र श्रम संगठन सवैले “भावनात्मक श्रम” को अवस्था श्रृजना भएको त छैन भनि विश्लेषण गर्ने हो भने सेवा क्षेत्र मा हुने श्रमिक हरुको समस्था को मुल जरामा पुग्न केहि पनि समय लाग्दैन । हाम्रो देशमा “भावनात्मक श्रम” जानि वा नजानि प्रचलनमा रहेको तर सैद्धान्तिक र श्रम विकासको मुद्धामा हाल सम्म नजोडिएको विषय हो । ट्रेड यूनियनहरुले नै श्रमिक हरुलाई नेतृत्व प्रदान गर्ने र उनिहरुको समस्या वारे सरोकार राख्ने भएको ले गर्दा नेपालमा रहेका सवै राजनैतिक संग आवद्ध भएका ट्रेड यूनियनहरुले यसवारे अध्ययन अनुसंन्धानको लागि सरकार समक्ष विचार विमर्श गर्नु पर्ने र यस सम्बन्धित विज्ञहरुलाई टेवलमा राखी आवश्यक निति निर्माणको कार्यको पहल गर्न अत्यन्त आवश्यक र्भै सकेको छ । त्यसै गरी निजी तथा सार्वजनिक दुवै क्षेत्रमा कार्यरत सेवा प्रदायक श्रमिक हरलाई भावनात्मक श्रम वारे शिक्षित गर्ने र यदि कुनै श्रमिकले भावनात्मक श्रम अनुभव गरी त्यसको नकारात्मक प्रभावहरु को सामना गरीराखेको छ भने त्यस समस्या समाधान गर्ने एक अलग्गै कार्यदल को गठन गरी समस्या समाधान गर्न मध्यस्थता गर्ने अधिकार त्यस कार्यदल लाई प्रदान गर्नु पर्दछ । “भावनात्मक श्रम” श्रमिकले अनुभव गर्ने अत्यन्त कठिन परीस्थिति भएको ले कमै श्रमिहहरुले मात्र यसवारे आवाज उठाउ छन् । यहां ट्रेड यूनियनहरुले श्रमिकहरुलाई यस्तो अवस्थावारे वोल्न र परिस्थिति कावु वाहिर हुनु भन्दा पहिले नै सम्बन्धित निकायमा गएर आफ्नो अवस्था वारे जानकारी गराउन उत्प्रेरीत गर्नु पर्दछ । या ट्रेड यूनियनहरुको दायित्व पनि हो ।

अन्त्यमा, राजनीतिक दलका भातृ संगठनका हिसावले संचालन हुंदै आएका मजदूर संघ, संगठनहरु एकीकृत भै भावनात्मक श्रमको वारेमा वहस चलाउन आवश्यक भै नै सकेको छ । त्यसैले वर्गीय हक हितको लागि लडदै स्वतन्त्र रुपमा भावनात्क श्रमको समेत वकालत गरी सेवा प्रदायक मजदुरहरुको हक हित लाई सुरक्षीत पार्नु सरकार लगाएत सवै राजनीतिक दलका भातृ संगठनहरु तथा अन्य सरोकारवालाहरुले आवश्यक कदम चालि मजदुरहरुको यो अदृश्य समस्यालाई श्रम शक्ति विकासको मुल धारमा ल्याइ समाधान खोज्नु आजको आवश्यक्ता हो । ट्रेड यूनियनहरुमा आवद्ध सदस्यहरुले यो मेरो पनि संस्थाहो र यसको उन्नति प्रगतिमा मेरो पनि उन्नति प्रगति गांसिएको छ , यो संस्थामा आवद्ध रहेमा मैले मेरो समस्याहरु संग लडन सक्छु भन्ने भावना त्यतिवेला मात्र राख्द्धछन जव उनिहरुको समस्यालाई ट्रेड यूनियनले सम्वोधन गर्दछ र समाधानको वाटोमा लैजान्छ । नेपालमा राजनितिक आन्दोलन र निर्णयमा मजदुर यूनियनहरुको महत्वपुर्ण भुभिका रहने हुंदा आज राजनिति भन्दा माथि उठि नेपालमा भावनात्मक श्रम वारेमा वहस चलाई सेवा प्रदायक श्रमिकहरुले भोग्ने यो कठिन परिस्थिति को उचित व्यवस्थापन गर्ने दायित्व निर्वाह वेला छ । यो मुद्धा नया भएकोले देश तथा विदेशमा यस विषयमा विशेषता हासिल गरेका व्यक्तिहरुलाई खोजविन गरी भावनात्मक श्रम व्यवस्थापन को एक कार्यनिति निर्माणमा उनिहरुलाई संलग्न गराई अन्तराष्ट्रि संन्धी संम्झौताहरुमा व्यवस्था भए अनुसार यस समस्याको संम्वोधन गर्ने दायित्व समेत मजदुर यूनियनहरुले लिनु पर्दछ ।

(लेखक स्टेट यूनिभरसिटि आफ न्य योर्क अमेरिका बाट जनशक्ति विकाशमा विशेषज्ञता हासिल गरी काठमाडाैं विश्व विद्यालय बाट विकास अध्ययन मा विद्यावारिधि अध्ययन गर्दै हुनुहुन्छ )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here