मानापाथीको अधिकार भएको गाउँ बुलुगा

183

राजेन्द्र महर्जन

मल्लकालमा नेपाल मण्डल अर्थात् काठमाडौं उपत्यकाका बासिन्दाकालागि लाहाछाप (औँलाछाप) सहितको मानापाथी बनाउने अधिकार प्राप्त गरेको ऐतिहासिक गाउँ प्यागाउँ ललितपुरको चापागाउँसँगै जोडिएको छ । चम्पापुरी पनि भनिने चापागाउँभित्रकै उपगाउँकारुपमा रहेको प्यागाउँको अर्को नाम बुलुगा पनि हो । नाउँ दुईवटा भए पनि प्याबुलु गाउँलाई नेपाल अधिराज्यकै पहिलो मानापाथी उत्पादन गर्ने संगठित बस्ती मानिन्छ । मुख्यरूपमा यहाँ महर्जन ज्यापू जातिको बस्ती भएपनि यस गाउँका बासिन्दालाई प्याग जाति भनी बोलाउने प्रचलन छ । प्याग भन्नाले मानापाथी बनाउने व्यक्ति हो

यस गाउँलाई मानापाथी बनाउने अधिकार प्राप्त हुनुका बारे एक घतलाग्दो अँख्यान – भक्तपुर राजधानी रहेको बेलाको कुरा हो, राजा यक्ष मल्लले तीन शहरलाई तीन देश र अन्य शहरलाई उपदेश बनाउनु अघि उनी चापाको जंगलमा शिकार खेल्न आउनेगर्दथे रे। शिकार खेल्न आउँदाआउँदै एकदिन एउटी युवतीसँग प्रेम बसेछ । पछि उनीहरुबाट जन्मिएका सन्तानलाई त्यसैबेलादेखि नापतौल मापन र मानापाथी बनाउने अधिकार दिएको बताइन्छ । काठ र बांसबाट बनाइने मानापाथी व्यवसायको अभावमा यहाँका बासिन्दाले मानापाथी बनाउन छा गइरहेका छन् ।

प्यागाउँका प्रमुख देवता किलेश्वर न्याकुचा महादेव हुन् जसको मन्दिर ने.सं. ७७१ मा निर्माण भएको बताइन्छ तोरणमा उल्टो कुमारी र सादा टुडाल रहेको न्याकुचा महादेवको मुख्य पर्व इन्द्रजात्राको दिन हुनेगर्दछ त्यसैगरी, चापागाउँकै अर्को प्रख्यात तर पिछडिएको बस्ती बुलुगाउँ राजा सिद्धिनरसिंह मल्लले ने. सं. ७३४ मा राष्ट्रदेव पशुपतिनायप्रति समर्पित गर्दै निर्माण गराएको नेपाल सम्पदा संघले जनाएको छ । प्यागाउँबाट दक्षिणपट्टि अलि आलो धरातलीय परिवेशमा अवस्थित बुलुगाउँको प्रमुख देवस्थल तीनतल्ले भैरव मन्दिर नै हो । लाछि टोलमा रहेको सानो सादा दंडालयुक्त भैरव मन्दिर ने.स. १०६० मा स्थानीय जनताको प्रयासमा जीर्णोद्धार गरिएको हो । चैत्र पूर्णिमाका दिन भैरवजात्रा हुनेगर्दछ ने.सं. ८८५ मा निर्माण भएको अर्को देवस्थल नारायण मन्दिर पनि हो । प्रत्येक वर्ष कृष्णाष्टमीका दिन विशेष पूजा हुने बुल नारायण मन्दिर दुईतल्ले गिटी छानायुक्त छ ।