कोरोना संक्रमितको संख्यामा भएको वृद्धिका लागि हालै भेटिएको ओमिक्रोन भेरियन्ट जिम्मेवार रहेको मान्यता छ । यो भेरियन्टमा ३० भन्दा बढी म्युटेशन भइसकेको छ ।
स्मरण रहोस्, दक्षिण अफ्रिकामा ९ नोभेम्बरमा लिइएको ओमिक्रोन भेरियन्ट भेटिएको थियो । विश्व स्वास्थ्य संगठनलाई यसबारे २४ नोभेम्बरमा जानकारी दिइएको थियो । तत्पश्चात् संसारभरी यसबारे सतर्क रहन भनिएको थियो । साउदी अबर र संयुक्त अरब इमिरेट्स अर्थात् यूएईले पनि यो भेरियन्टको पहिलो संक्रमित भेटिएको घोषणा गरेको छ ।


















