कोरोना प्रभावित अपाङ्गता भएका व्यक्तिलाई ६ महिने पुग्ने खाद्यान्न वितरण

75

जुम्ला ।  अपाङ्गता भएका कोरोना प्रभावित २४९ र विपन्न गरी ५५५ लाई जुम्ला जिल्लामा राहत वितरण गरिएको छ ।कोरोना प्रभावित विपन्न नागरिक र अपाङ्गता भएका व्यक्तिको दिनचर्या सहज बनाउन राहत वितरण गरिएको हो ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ५५५ लाई राहत वितरण गरिएको अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्लाले जनाएको छ ।

कोरोनाबाट प्रभावित परिवारको सहायता कार्यक्रम अन्तर्गत करीब ६ महिना पुग्ने खाद्यान्न वितरण गरिएको अध्यक्ष नन्दराज धितालले बताए । विभिन्न खाद्य सामग्री वितरण गरिएको परियोजना संयोजक ठालुराम चौधरीले बताए ।

विपन्न परिवारमा अपाङ्गता भएका व्यक्ति बढी भएकाले राहत वितरणमा तिनलाई प्राथमिकता दिइएको हो । टुहुरा बालक, एकल महिला, ज्येष्ठ नागरिकलाई समेत राहत वितरण गरिएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here