ललितपुर । यस बर्ष तिहारकाे म्ह पुजाका दिन ललितपुरको नस्बहालमा ग्यास सिलिण्डर पड्किएर एउटै घरका चार जना सदस्यले जीवन गुमाएका परिवारलाइ सहयाेग गर्न लागि नेपाल भाषाकाे कथानक चलचित्र ‘वसन्त ऋतु’ को विशेष प्रदर्शनी गरिएकाे छ ।
उक्त घटनामा ज्यान जोगाउन सफल व्यक्तिहरुको आर्थिक सहयोगका लागि शनिवार ललितपुरमा एउटा फिल्मको च्यारिटी साे कथानक चलिचत्र शनिवार बिहान ८:३० तथा ११:३० बजेको शोमा प्रदर्शन गरिएको थियो । शो आयोजना गरिएको छ । ग्वार्कोस्थित गुण सिनेमा हलमा धुं देय् प्रोडक्सनबाट निमार्ण गरिएकाे प्रदर्शन गरिएकाे थियाे ।
साे चलचित्र सबै दर्शकले मन पराएको आयोजक संस्थाले जनाएको छ । दर्शकले वसन्तु ऋतुको कथावस्तु, संवाद तथा कलाकारहरुको अभिनयलाई विशेष रुपमा मन पराएको पाइयो । चलचित्रकर्मी बुलाल महर्जनले उक्त चलचित्र समग्रमा चेतनामुलक पाएको प्रतिक्रिया दिनु भएको छ । चलचित्रको दोस्रा शोभन्दा अघि चलचित्रका कलाकार, लेखक तथा निर्देशक पवन जोशीलाई ज्ञानमाला संघका अध्यक्ष डवल शाक्यले सम्मान गर्नु भएको थियो ।
धुं देय प्रोडक्सनले पनि यल ज्ञानमाला संघका अध्यक्ष डवल शाक्यलाई धन्यवाद ज्ञापनपत्र प्रदान गरेको थियो । कार्यक्रममा यल ज्ञानमाला संघले निकट भविष्यमा बुद्धकालिन कथावस्तुमा आधारित चलचित्र निर्माण गर्ने घोषणा गर्दै उक्त चलचित्रको लेखन तथा निर्देशनको जिम्मा निर्देशक पवन जोशीलाई दिने घोषणा गरेकाे छ ।
समारोहमा डवल शाक्ले वसन्त ऋतुको विशेष प्रदर्शनीबाट संकलन भएको एक लाख ५५ हजार ५ सय रुपैयाँ श्रीमती अनार ताम्राकारलाई हस्तान्तरण गरिन्। कार्यक्रममा कलाकार राम महर्जनले पनि नगद पाँच हजार रुपैयाँ अनार ताम्राकारलाई प्रदान गरेका थिए ।

















