नेवाः पत्रकार दबूद्वारा चार पत्रकार नगदसहित सम्मानित

152

काठमाडौं । नेवा: पत्रकार राष्ट्रिय दबूले शनिबार चार पत्रकारलाई नगदसहित सम्मान गरेको छ ।

ललितपुरमा आयोजित समारोहमा उदयबहादुर अमात्यलाई ज्ञानज्योति–लक्ष्मीप्रभा, कान्तिपुरका प्रशान्त मालीलाई ज्ञानदेवी–मणि स्मृति, बोधी टेलिभिजनकी विमला शाक्यलाई भिक्षु कुमारकश्यप स्मृति र बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार पद्मसागर कक्षपतिलाई प्रदान गरिएको हो । कदरपत्रसहित पुरस्कार राशि क्रमश: २०, १५, १२ र १० हजार छ ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल भाषाको पत्रकारिताको विकास, सञ्चारमाध्यम समावेशी बनाउन सरकारको तर्फबाट आफ्नो महत्वपूर्ण पहलकदमी रहने  जनाए ।

पत्रकार दबूका कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले पत्रकारहरु बिरामी, दुर्घटना वा अन्य कुनै समस्या उत्पन्न भए आर्थिक सहयोग दिन खडा गरिएको अक्षय कोषमा रकम बढाएर ५० लाख पुर्‍याउने लक्ष्य राखेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here