दर्जन व्यक्ति नेकपा एसमा प्रवेश

153

भक्तपुर । भक्तपुरका डाक्टर, इन्जिनियरसहित दर्जन व्यक्ति नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टी अध्यक्ष माधव नेपालले पार्टी प्रवेश गराएका थिए।

प्रवेश गर्नेहरुमा ओमचरण अमात्यसहित , नारायणप्रसाद वैद्य, न्हुच्छेबहादुर ढुकुछु, डा दिनेश भुजु, डा लक्ष्मी शिल्पकार, डा राजन सुवाल, डा प्रकाश सुवाल, डा तिलक श्रेष्ठ, डा अनुपमा अमात्य, इन्जिनियर रविन ढुकुछु र जयन्द्र अमात्यलगायत रहेकाछन्।

सो पार्टीको भक्तपुर अध्यक्ष श्याम बस्नेतले बिहीबार उनीहरुलाई केन्द्रीय पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गराइएको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here