काठमाडाैं । विप्लव नेकपा, मोहन वैद्य किरणको क्रान्तिकारी माओवादी सहित ६ राजनीतिक दलले एमसीसीको विरोधमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन् ।
६ राजनीतिक दल र २ मोर्चाका तर्फबाट एमसीए नेपालको कार्यालय रहेको याक एन्ड यति होटल घेराउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)ले जनाएका छन् ।
सम्झौताको खारेजीका निम्ति ६ राजनीतिक पार्टी र २ मोर्चाहरूद्वारा काठमाडौंमा MCA कार्यालय रहेको याक एण्ड यती घेराउ,’ प्रकाण्डले केही तस्वीरसहित फेसबूकमा लेखेका छन् ।

















