Home राजनीति समाचार राष्ट्रघाती एमसीसी खारेजी विराेधमा उत्रिएका माथि गरिएकाे प्रहरी दमन र गिरफ्तारीको घोर...

राष्ट्रघाती एमसीसी खारेजी विराेधमा उत्रिएका माथि गरिएकाे प्रहरी दमन र गिरफ्तारीको घोर निन्दा

162

पार्टी प्रवक्ता प्रतीकले जारी गरेको वक्तव्यमा आज २०७८ मङ्सिर २८ गते विहान करिव ६ः१५ बजे पार्टीका केन्द्रीय समितिका सदस्य कमरेड घननाथ सापकोटालाई चितवन जिल्लाको नारायणगढ सडकमा एक्लै हिँडिरहँदा देउवा नेतृत्वको गठबन्धन सरकारले गिरफ्तार गरी अहिले वडा प्रहरी कार्यालय पुल्चोकमा बन्दी बनाएको समेत उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “यो गिरफ्तारी नेपाली दलाल शासकहरु अमेरिकी साम्राज्यवाद र एमसीसी परियोजनाका विरुद्ध बढिरहेको जनसमर्थनबाट कति धेरै आतङ्कित रहेछन् भन्ने कुराको एउटा गतिलो प्रमाण हो । हाम्रो पार्टी राष्ट्रघाती एमसीसी संझौताका विरुद्ध खडा भएका देशभक्त नेपाली जनतामाथि गरिएको सरकारी दमन र गिरफ्तारीको घोर निन्दा तथा भत्र्सना गर्दछ र गिरफ्तार गरिएका सम्पूर्ण नेता तथा कार्यकतालाई अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गर्दछ । साथै, राष्ट्रघाती एमसीसी परियोजना खारेजीका लागि जोडदार आवाज उठाउन हाम्रो पार्टी सम्पूर्ण देशभक्त नेपालीलाई आह्वान गर्दछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here