काठमाडौं । प्रतिनिधिसभाको १० औँ अधिवेशनको पहिलो बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध गरेको छ ।
बैठकमा एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरी, प्रहरी प्रदेश, प्रहरी कार्यसम्पादन सुपरिवेक्षण समन्वय पहिलो संसोधन अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश २०७८ पेश गरे ।
त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्रीको तर्फबाट पनि मन्त्री बडूले रेल्वे अध्यादेश २०७८ पेश गरे । त्यसै गरी यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पनि पेश मन्त्री बडूले बैठकमा पेश गरे । पार्टीले १४ सांसदलाई गरेको कारवाही सदर नगरेको विरोधमा एमालेले प्रतिनिधि सभामा नाराबाजी गर्दै आएको छ ।
यसअघिको अधिवेशनमा पनि एमालेले सोही विषयलाई लिएर सांसद अवरुद्ध गरेको थियो । प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते मंगलवार दिउँसो १ बजे बस्नेछ ।


















