सोमबार काठमाडौँमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी हुन्।
उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारीमैत्री क्षेत्र बनाउने योजना रहेको बताइन्।
मन्त्री रेग्मीले भृकुटीमण्डपमा धेरै समस्याहरु रहेको भन्दै सबैलाई व्यवस्थित गर्नु पर्ने जरुरी रहेको उल्लेख गरिन्। उनले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीले र्तिदै आएको भाडालाई वैज्ञानिक रुपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने कामसमेत अगाडि बढाउने बताइन्।
मन्त्री रेग्मीले भृकुटीमण्डप स्टलको भाडा बढाएर व्यापारी बस्ने स्थान व्यवस्थित र सरसफाइमा समेत व्यवस्थित बनाइने बताइन्। बजार स्थापना भएको २७ वर्ष पुगे पनि बजारलाई व्यवस्थित गर्नु नसक्नु राम्रो नभएको उनको भनाइ छ। समाज कल्याण परिषद्सँग भएको सम्झौता सकिए पनि पुनः सम्झौता गर्न तयार रहेको उनले बताइन्।
मन्त्री रेग्मीले भनिन्, ‘भृकुटीमण्डप धेरै अवस्थित रुप सञ्चालन हुँदै आएकाले अब व्यवस्थित बनाउनु जरुरी छ। त्यसको लागि समाज कल्याण परिषद् तयार छ। परिषद् महानगरपालिकाको वडासँग सहकार्य गरेर अगाडि बढ्छ। वडा अध्यक्ष भृकुटीमण्डपलाई व्यवस्थित बनाउनको लागि तयार हुनुहुन्छ। परिषद्ले तीन दिनभित्र पत्र लेख्न निर्देशन दिन्छु। भृकुटीमण्डपको व्यापारीहरुले परिषद्लाई तिर्दै आएको भाडा नाङ्लो पसलले महानगरलाई दिनेभन्दा पनि कम भएको छ। यसलाई वैज्ञानिक ढङगले भाडा वृद्धि गरेर जानुपर्छ।’
मन्त्री रेग्मीले पछिल्लो समय भृकुटीमण्डपका व्यापारीहरुले बीचबीचमा समाजकल्याण परिषद्भन्दा बाहिर सम्झौता हुने गरेको भन्दै परिषद्मा नै गएर सम्झौता गर्न व्यापारीलाई आग्रह गरिन्।
उनले भृकुटीमण्डपका व्यापारीको घर धनी भनेको समाज कल्याण परिषद् भएको भन्दै घर धनीलाई थाहा नदिइ सामान बेच्न नपाउने बताइन्। कार्यक्रममा संघले मन्त्रीसँग गत मंसिर २४ गतेदेखि सकिएको सम्झौता थप गर्न आग्रह गरेको थियो।

















