यसरी आँखाकाे तेज बढाउनुहोस्

214

काठमाडौं ।  शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग आँखा  हो । यसकारण आँखाको हेरचाह गर्नु अत्यन्त जरुरी छ । अत्यधिक काम गर्दा, उज्यालो स्क्रिन बढी हेर्दा पनि आँखा कमजोर हुने गर्दछ ।

प्रायः जसाे दिनभरि कम्प्युटरमा बस्नेहरूले आँखाका कारण विभिन्न समस्या भोग्दै  आएका छन् । यस्तोमा घरेलु उपचारमार्फत आँखाको तेज बढाउन सकिन्छ ।

– राति सुत्नुअघि दूधमा अलैँची पिसेर अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छ ।

– दुवै हत्केला रगडेर तातो बनाइ आफ्ना आँखा छोप्दा आँखाका मांसपेशीले आराम पाउँछ ।

– गाजर, सुन्तला, मौसम जस्ता भिटामिन ए भरपूर भएका पहेँला फलफूल खानु पर्छ ।

 – काम गर्दागर्दै आँखालाई केहीबेर आराम गर्न दिनु पर्दछ ।

– पालुङ्गोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछ ।

 – दैनिक पैताला र खुट्टाका औँलामा सर्स्युँको तेलले मालिस गर्दा पनि आँखाको तेज बढ्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here