‘ओमिक्रोन’ भन्दा घातक भाइरस विकसित हुने वैज्ञानिकको चेतावनी !

68

-राज्यलक्ष्मी शाक्य

विश्वका विकसित देशहरुलाई ‘ओमिक्रोन’ ओमिक्रोन भाइरसले फेरि आतंक मच्चाउन सुरु गरिसकेको छ । गरिब मुलुकका जनतालाई रोजगारी दिने धनी मुलुकहरुमा संक्रमण विस्तार हुँदा नेपाली जनमानसमा पनि चिन्ता थपिएको छ । रोजगारीका निम्ति ठूलो संख्यामा युवाहरु विदेशिएको अवस्थामा रोजगारीको निम्ति पुगेका मुलुकहरुमै संक्रमण पैmलिदा जनतामा चिन्ता थपिनु स्वाभाविक हो । संक्रमणका कारणबाट कतिपय देशहरुले विमान सेवा समेत स्थगित गरेका छन् ।

कोरोना भाइरसविरुद्ध लडाई जित्नका लागि  वैज्ञानिकहरुले लामो समयको अध्ययन पश्चात भ्याक्सिनको विकास गरेका थिए । भ्याक्सिनको विकासले मानिसमा केही हद भए पनि आशा पलाएको थियो । अब चाहीं कोरोना भाइरसको महामारीबाट छुटकारा पाइएला, कोरोना विरुद्धको लडाईमा अब त जितिएला कि भन्ने  आशामा पुनः एक पटक निराशामा परिणत भएको छ ।  नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ प्रवेश भइसकेको छ । विदेशबाट आएका नागरिकहरुमा देखिएको ‘ओमिक्रोन’ संक्रमणले उनीहरु सवार विमानमा आएका सबै यात्रुहरु शंकाको घेरामा तानिएका छन् । कुन यात्रु कहाँ गएर बसेका छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । तर सरकारसँग यो विवरण उपलब्ध छैन । त्यसैले उक्त विमानबाट आएका यात्रुहरु कहाँ कुन अवस्थामा रहेका छन् ? उनीहरुमा संक्रमण देखिएको छ कि छैन  भन्ने बारे जनमानसमा चिन्ता जगाएको छ ।

मानव जीवन उथल पुथल बनाएको कोरोना भाइरसले फेरि एक पटक ‘ओमिक्रोन’ भाइरस विरुद्ध लड्न तत्पर रहन सबैलाई घच्घच्याएको छ । कोरोना विरुद्धको खोपले ‘ओमिक्रोन’ लाई काम लाग्दैन । तथापि वैज्ञानिकहरुले ‘ओमिक्रोन’ विरुद्धको खोप बनाउन धेरै समय नलाग्ने जानकारी पनि गराई सकेका छन् । संसारभरका मानव समुदाय नयाँ रणनीतिका एक एकजूट हुनु पर्ने बेला आएको छ । तर विश्व रंगमञ्चमा सम्पन्न मानिएका अमेरिका र चीन जस्ता सम्पन्न मुलुकहरु नै आपसमा लडाई छेड्ने र ‘ओमिक्रोन’ को आतंकप्रति सचेत नबन्ने प्रवृति देखाएका छन् । यो अवस्थाले पनि विश्व जगतलाई चिन्तित तुल्याइएको छ ।

एक व्यक्तिबाट अर्को व्यक्तिसंगको सम्र्पकका कारणबाट सर्ने यो कोरोना भाइरस सरुवा रोग भन्दा पनि हानिकारक सावित भएको छ । यसले मानव अस्तित्व नै संकटमा पार्छ कि भन्ने चिन्ता थपेको छ ।

संसारका स्वास्थ्यकर्मी, वैज्ञानिक, अध्ययन अनुसन्धानकर्ताका लागि समेत टाउको दुखाईको विषय बनेरहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन’ को मृत्युदर कति हुने हो ? यस बारेमा अभैm स्पष्ट हुन सकेको छैन । ‘ओमिक्रोन’ नयाँ भाइरस रहेको र यसको संक्रमण अघिल्ला भाइरसहरु भन्दा तीब्र गति भएको निश्कर्ष वैज्ञानिकहरुले दिएका छन् । त्यसैले पनि जनमासनमा चुनौति थपिएको छ ।

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् । कोरोना भाइरसको अध्ययन अनुसन्धानमा लागिरहनु भएका वैज्ञानिकहरुले महामारी थप घातक हुनसक्ने चेतावनी दिएका छन् ।

प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको भन्दै सतर्कताका लागि खबरदारी गरेकी छिन् ।

उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमाथि भ्याक्सिनको प्रभाव कम हुनसक्ने पनि चेतावनी दिएकी छिन् ।​ गिल्बर्टका अनुसार जबसम्म यो नयाँ भेरियन्टबारे थप जानकारी प्रकाशित हुँदैन, तबसम्म मानिसहरु थप सावधान रहन आवश्यक छ ।

उक्त लेक्चरमा उनले भनेकीछिन्  – ‘कुनै भाइरसले हाम्रो जीवन र हाम्रो आजिविकालाई खतरा निम्त्याइरहेको यो अन्तिम पटक होइन । वास्तविकता त यो हो कि अर्को महामारी अझै खतरनाक हुनसक्छ । यो थप संक्रामक र थप घातक दुबै हुनसक्छ ।’-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here