विश्वमा देखापरेको खाद्यान्न संकट नेपालले समाधान गर्न सक्नुपर्छ, अवसर यही हो !

88

–प्रीति रमण

गहुँ खेतिको समय आएको छ, तर किसानहरुलाई मलको अभाव भइरहेको छ । सरकारले मल आपूर्ति गर्न नसकिने जानकारी सार्वजनिक गरिरहेको छ । कृषिप्रधान देशको यो अवस्था कहिलेसम्म ? हाम्रो देश नेपाल कृषि प्रधान देश हो । तर हामीले एक वर्षमा ४५ अर्बको चामल बाहिर मुलुकबाट आयात गरेर गुजारा चलाइ रहेका छौं । यो अवस्था नेपालका लागि ज्यादै लज्जाजनक हो । कृषिप्रधान देशमा बार्षिक ४५ अर्बको चामल आयात ? नेपाली जनताले कृषि कर्मलाई महत्व दिएका छैनन् भन्ने यसैबाट स्पष्ट हुन्छ । कृषिकर्ममा कृषकहरुको आकर्षण किन भएन ? कसरी आकर्षण बढाउने ? किसानहरु कृषिमा  आकर्षित भएनन् भने उत्पादन बढ्ने कुरा आशा गर्न सकिन्न । त्यसैले उत्पादन बढाउन किसानहरुलाई कृषि कर्ममा आकर्षित गर्नु सबैभन्दा महत्वपूर्ण कार्य हो ? यो कार्य सरकारबाहेक अरु कसैले गर्न सक्ने कुरा हुँदैन ।

कृषि कर्ममा पाखुरा चलाउने युवा शक्ति ठूलो संख्यामा बिदेशिएका छन् । तथ्यांक अनुसार ८० लाखको संख्यामा रोजगारीका लागि युवाहरु विदेशमा छन् । विगत दुई वर्षदेखि सुरु भएको कोरोना संक्रमणका कारण युवाहरु विदेशबाट स्वदेश फर्किने चाहना देखाएका थिए । युवाहरुले स्वदेश फर्कने चाहना देखाउनु नेपालको विकासको लागि ठूलो अवसर थियो । युवाहरुलाई देशभित्रै रोजगारी दिलाउन सकिएका भए एकातिर देशभित्र उत्पादन बढाउन सकिने थियो र बाहिरबाट आयात गर्नुपर्ने अवस्था तोडिने थियो भने अर्कोतर्पm उत्पादित बस्तु विदेशतर्पm निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिने थियो । तर सरकारले यसतर्पm ध्यान पु¥याउदा विदेशबाट फर्किएका युवाहरु सबै कोरोनाको जोखिमकाबीच विदेशतिरै फर्किन बाध्य भए । अभैm पनि विदेशतिर युवाहरु ओइरिनेक्रम जारी छ ।

उत्पादन बढाएर आयात घटाउने र निर्यात बढाउने काम नै सबै भन्दा आत्मनिर्भर बन्ने अभियान हो यसबाट व्यापारघाटा पनि कम हुन सक्ने थियो । एकातिर व्यापारघाटा कम गर्न सकिने सम्भावना बलियो बनेको अवस्थालाई नेपाल सरकारले सदुपयोग गर्न सकेन भने अर्कोतर्पm आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने अवसर पनि गुमाएको छ । अभैm पनि सरकारले विवेक पु¥याएर कृषि उत्पादन बढाउने गरी कृषि क्षेत्रमा रोजगारी बृद्धि गराउने खालका योजनाहरु कार्यान्वयनमा ल्याउने हो भने विदेशिएका युवाहरु स्वदेश फर्कने सम्भावना बलियो छ ।

अहिले फेरि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ चर्चामा आएको छ । यो भाइरसका कारणबाट पनि संक्रमण व्यापक हुने त्रास विश्वव्यापी रुपमै बढेको छ । धेरैजसो रोजगारदाता मुलुकहरुले ‘ओमिक्रोन’ को संक्रमणलाई मध्यनजर गरी आवागमन बन्द गरेका छन् । यसले फेरि पनि त्रास बढाएको छ । यस्तो अवस्थामा नेपाली युवाहरुलाई विदेशबाट नेपाल भित्र्याउने योजना सरकारले बनाउने हो भने विदेशीएका युवाहरु स्वदेश आगमनको लहर सुरु हुने निश्चत छ । तर नेपाल सरकारको ध्यान यसतर्पm देखिएको छैन ।

कोरोना संक्रमणका कारण संसारभरी नै रोजगारीहरु प्रभावित भएका छन् । विदेशीएका नेपाली युवाहरु विदेशमै पनि बेरोजगार बनेका छन् । युवाहरुले पठाएको रेमिट्यान्सबाट चलिरहेको देश रेमिट्यान्स कम भएपछि देशको अर्थतन्त्र पनि प्रभावित हुने निश्चित छ । युवाहरुको पाखुरा बेचेर गुजारा चलाउने देश विकासको गतिमा अगाडि बढ्ने आशा गर्न सकिदैन । संसारका देशहरु आफ्नै देशभित्र रोजगारी सृजना गर्न नसक्दासम्म विकास गर्न सकेका छैनन् । यो तथ्यबाट नेपालका राजनीतिक दलका नेताहरु जानकार हुँदाहुँदै पनि यसको निराकरणतर्पm ध्यान पु¥याईरहेका छैनन् ।

कतिपय देशरुमा त बेरोजगारीका कारण नेपाली युवाहरु सडकमा बास बस्न बाध्य भएका खवरहरु पनि आए । ती युवाहरुका आश्रित परिवाहरुमा कस्तो अवस्था विकसित भयो होला ?  यो गम्भीर विषय हो । सरकारले यो गम्भिरतातर्पm ध्यान पु¥याउन जरुरी छ ।

संयुक्त राष्ट्र सघंले  नेपाललाई अरु ५ वर्षपछि  विकासशील राष्ट्रको सूचीमा सूचिकृत गर्ने घोषणा गरेको छ । यस्तो घोषणामा नेपालका राजनीतिक दलका नेताहरु, खासगरी सत्तासीन नेताहरु मख्ख परेका छन् । तर विकासशील राष्ट्रका जनताको अवस्था कस्तो हुन्छ ? जनतालाई रोजगारीको समस्या सृजना गराएर, रोजगारी निम्ति विदेश जान बाध्य गराएर, विदेशबाट खाद्यान्नसमेत आयात गराएर देश विकासशील हुन्छ  ? केही समय पहिले विश्व बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अल्पविकसित र विकासोन्मुख देशहरुको यो वर्ष कूल गार्हस्थ्य उत्पादन ऋणात्मक अवस्थादेखि २ प्रतिशत र विकसित देशहरुको कूल गार्हस्थ्य उत्पादन २ देखि ७ प्रतिशतभित्र रहने अनुमान गरेको हो । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमका अनुसार कोभिड–१९ महामारीका कारणबाट विश्वभर १३ करोड ५० लाख जनसंख्या भोकमरीको जोखिमतर्फ उन्मुख हुने अनुमान थियो । यो समस्या अवझन थएिको छ । ‘ओमिक्रोन’ भेरियन्टका कारण उल्लेखित तथ्यांक थपिने निश्चित छ । यस्तो अवस्था नेपालका लागि ठूलो अवसर हो ।   नेपाल कृषि प्रधान देश भएका कारणले यहाँ विश्वव्यापी रुपमै हुने सम्भावना देखिएको खाद्यसंकटलाई अवसरका रुपमा लिएर कृषि उत्पादन बढाउनतर्पm सरकारले ध्यान पु¥याउन जरुरी छ । तर कृषि उत्पादनतर्पm ध्यान नपु¥याउने हो भने कोरोना महामारीबाट खाद्य असुरक्षातर्फ उन्मुख हुने जनसंख्या नेपालमा पनि उच्च रहने खतरा देखिन्छ ।

नेपालको वर्तमान कृषि प्रणालीलाई हेर्दा उत्पादनमा विकासको आशा गर्न सकिदैन । कृषिप्रधान देश भनिए पनि करिब ३५ प्रतिशत कृषक परिवारले मात्र कृषिलाई जीविकोपार्जनको भरपर्दो पेशाका रुपमा अपनाएका छन् । यस्तो किन ? बाँकी ६५ प्रतिशतले न कृषिलाई जीविकोपार्जनको मुख्य माध्यम बनाउन सकेका छन् न त यो पेशा त्यागेर अरु पेशा नै रोज्न सकेका छन् । परिणाम, नेपालको कृषियोग्य भूमिको ठूलो हिस्सा लगानी र लगावको अभावले क्रमिक रुपमा बाँझो भइरहेको छ । यो अवस्था देशको विकास हुने संकेत हो त ? राजनीतिक दलका नेताहरुसँग योजना खोई ?-जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here