बाह्र कर्मचारीविरुद्ध भष्टाचार मुद्दा दायर

180

काठमाडौं । विविध कारणले नवीकरण नभएका, रद्द भएका तथा म्याद सकिएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को गैरकानुनी रुपमा नवीकरण गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना (ललितपुर) का १२ जना कर्मचारी र ५ जना विचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।  यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखहरु सम्बर बहादुर कार्की र राजुभाई कुस्मा, मेकानिकल इन्जिनियर विजय राज गिरी, सहायक स्तर (पाचौँ) कमल स्याङतान, सिनियर मेकानिक्स अच्युत प्रसाद फुयालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। यस्तै, कम्प्युटर अपरेटर (करार सेवा) प्रकाश कार्की, कम्प्युटर अपरेटर ९करार सेवा० रेजु भट्टराई, कम्प्युटर अपरेटर ९करार सेवा० रोसन राजभण्डारी, कम्प्युटर अपरेटर (करार सेवा) श्याम सुन्दर चौधरी, कम्प्युटर अपरेटर ९करार सेवां० लक्ष्मी श्रेष्ठ, कम्प्युटर अपरेटर (करार सेवा) माया सेठी र कम्प्युटर अपरेटर ९करार सेवां रिचा श्रेष्ठविरुद्ध पनि मुद्दा दायर भएको छ।

उनीहरुले सवारी चालक अनुमतिपत्रको नवीकरण गर्ने सम्बन्धमा आफ्नो जिम्मेवारीअन्तर्गतको कार्य सम्पादन गर्न प्राप्त गरेको अख्तियारीको दुरुपयोग गरेको अख्तियारको दाबी छ। आर्थिक वर्ष २०७७र७८ र २०७८र७९ को श्रावण र भाद्र महिना गरी १४ महिनाको अवधिमा विविध कारणले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी चालकको नाममा जारी भएको सवारी चालक अनुमति पत्र गैरकानुनी रुपमा नवीकरण गरेको भेटिएको अख्तियारले आरोप पत्रमा उल्लेख छ।

विचौलियाहरु हरिभक्त श्रेष्ठ, बाबुराम शर्मा भन्ने उद्धब बहादुर खत्री, दिपक विश्वकर्मा, गणेश अधिकारी र नरेन शाक्यसमेतको मिलेमतोमा उनीहरुले ५३३ जना नयाँ व्यक्तिको नाममा लाइसेन्स जारी गरेको देखिएको अख्तियारले जनाएको छ।

अख्तियारले १२ जना कर्मचारीहरुको हकमा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ अनुसार २ वर्षसम्म कैद र ५० हजार जरिवानाको सजाय मागदाबी गरेको छ। यस्तै, ५ जना विचौलियाहरुलाई मतियारको रुपमा प्रस्तुत गरेर भ्रष्टाचार निवारण ऐनको दफा ११ को कसुरमा दफा २२ बमोजिमको सजाय मागदाबी गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here