आरआर क्याम्पसमा चिट चोर्न रोक्दा शिक्षकमाथि आक्रमण

164

काठमाडौं । परीक्षामा चिट चोर्न नपाएको भन्दै शिक्षकमाथि कुटपिट भएको छ।

मंगलबार प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा चिट चोर्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको आरआरका लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन्। दाहालका अनुसार शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ।

‘चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडास‌ैनीमाथि आक्रमण भएको छ। उहाँको टाउकोमा सात टाँका लगाउन परेको छ। यसभन्दा लज्जाको विषय के होला? कस्तो शिक्षा दिइरहेका छौं हामीले’ दाहालले सामाजिक सञ्जालमा लेखेका छन्। प्रयोगात्मत परीक्षाका विषयमा विवाद हुँदा एक विद्यार्थीले जगले शिक्षक पुडासैनीको टाउकोमा प्रहार गरेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here