काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) पनि सेयर बजार दोहोरो अंकले बढेको छ ।
आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक १२.५३ अंकले बढेर २५२०.२३ बिन्दुमा पुगेको छ । आज नेप्से ०.२५ प्रतिशतले बढेको हो । यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ०.१० अंकले बढेर ४७७.३६ बिन्दुमा पुगेको छ ।
आज शिखर इन्स्योरेन्स, बरुण हाइड्रोपावर, जीवन विकास लघुवित्त लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यता, गोर्खाज फाइनान्स, सामलिङ पावर कम्पनी, सिन्धु विकास बैंकलगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । साथै हिमालयन डिस्टिलरी लिमिटेडले सर्वाधिक कारोबार गरेको छ ।


















