किसानसंग साक्षात्कार कार्यक्रम

144

सिन्धुपाल्चोक  ।  सिन्धुपाल्चोककाे चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १४ मा सुन्दर भौतिक पुर्वाधारहरुले सुसज्जित माझी बस्तीलाई आय आम्दामीको मार्गमा डोह¥याउने उदेश्यले किसानसँग साक्षात्कार कार्यक्रम  गरिएको छ ।

माझी बस्तीमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत अग्रो इन्टरप्राईजेज किसानसंग साक्षात्कार कार्यक्रम सेन्टरको आयोजनामा सय किसान अभियान अन्तर्गत आर्थिक  सुदृढिकरणको कार्यक्रमको थालनी गरिएको छ ।

उद्योग वाणिज्य महासंघ सिन्धुपाल्चोकका महासचिव शम्भु तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा हात्तेमालो गर्ने नेपाल उद्योग वाणिज्य महासंघ र अग्रो इन्टरप्राईजेज सेन्टरका टोली लगायत किर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्यलक्ष्मी शाक्य, पाँचखाल नगरपालीकाका मेयर महेश खरेल, नेपाल उद्योग वाण राज्य महासंघ कृषी उद्यमी केन्द्र सदस्य तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सल्लाहकार उपसभापति यादव दाहाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको सदस्य रुपक धिताल, भुपेन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो ।

साे कार्यक्रमा पाँचखाल नगरपालिकाका का मेयर महेश खरेलले माझी टोलको आयाआर्जनमा सहयोग गर्ने हेतुले रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ । एकिकृत माझी बस्ती निर्माणकी अभियन्ता, नायिका तथा स्वेता फाण्डेशन अध्यक्ष श्वेता खड्काले यसरीनै माझी बस्तीलाई सम्बृद्धीको मार्गमा डोह¥याउने कोशीसमा निरन्तर लागिरहने जनाउनुभयो । खड्काले यो बस्ती तपाई(हाम्रो सबैको साझा बस्ती हो ।

हामी सबैको योगदानले बनेको यो बस्तीलाई अझ उचाईमा पु¥याउनुछ । हाम्रो सहकार्य जारी रहोस् भन्दै यो अभियानमा साथ दिने सम्पूर्ण सहयोगीहरुप्रती आभार समेत प्रकट गर्नुभएको छ । कार्यक्रमको सञ्चालन उद्योग वाणिज्य महासंघ सिन्धुपाल्चोकका कार्यसमिती सदस्य नवराज भट्टराईले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here